काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनाव जितेपनि काम गर्न नसक्ने बताएका छन् ।
शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा कतिपय आउनुहुन्छ स्वतन्त्र स्वभाविक हो । तर स्वतन्त्रले सरकार बनाउन–चलाउन सम्भव छैन ।’
कतिपय सेलिब्रेटी युवाहरुले पार्टी खोलेपनि एक ठाउँमा बस्नै नसकेको भन्दै उनले भने, ‘अहिले कोही कता, कोही कता रु इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि गाह्रो छ ।’
स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरुलाई काम गर्न पनि त्यति अप्ठ्यारो भएको बताए । तर प्रदेश र केन्द्रमा सरकार बनाउनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने, ‘एउटा सांसदले अलिकति चेतना जगाउन सक्छ । तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन ।’
उनले अगाडि भनेका छन्, ‘म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ, एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिँदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ ।’