काठमाडौं । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना खोलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा पदहरुमा भर्ना खोलेको हो । त्यस्तै, मेडिकल, सिग्नल, ड्राइभर, वाद्यवादन, बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा पनि भर्ना खोलेको छ । उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३ सय ५० सैन्य पदमा भर्ना खुलेको छ ।
यसैगरी पूर्वी पृतना इटहरी, दुई नम्बर बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, अठ्ठाइस नम्बर बाहिनी बारा, मध्यपृतना मकवानपुर, नौ नम्बरबाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटीमा भर्ना खुलेको हो । त्यस्तै, पश्चिम पृतना पोखरा, तेहइस नम्बरबाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, चार नम्बर बाहिनी नेपालगञ्ज, उन्नाइस नम्बर बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, चौविस नम्बर बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र पाँच नम्बर बाहिनी कैलालीमा दरखास्त दिन सकिने छ । दरखास्त दिने म्याद आजदेखि मंसिर २४ गतेसम्म छ ।