काठमाडौंं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीले दलको नेताहरूको चापलुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताएका छन् ।
बुधवार (आज) सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताए ।
कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्नेबारेमा सोच्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्ने बताए।
निजामती सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा धेरै प्रदेशमा उठिरहेको भन्दै उनले सरकारले अहिले नै निजामती सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास भइ ऐन बन्न सक्ने बताए।
सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मेहनत शून्यमा परिणत हुने उनको भनाइ थियो ।
उनले भने, ‘निजामती सेवा ऐनको बारेमा धेरै प्रदेशमा कुरा उठिरहेको छ । विधेयक कानुनमा पुगेर अड्किएको छ । कानुनको नजरमा ठिक छ कि छैन भन्ने हेर्ने ठाउँमा महिना दिन अड्काएर हुन्छ रु राय दिएर पठाए हुँदैन । यत्तिकै संसद सकियो भने कसरी आउँछ रु मैले राष्ट्रिय सभामा संसद् चलेको बेला ल्याउनुस् भनेर मन्त्रीलाई भनेको छु । त्यसलाई छलफलको प्रक्रिया पु¥याएर विधायन व्यवस्थापन समितिमा पठाइदियौँ भने प्रतिनिधि सभाको चुनाव भएर नयाँ सरकार र नयाँ संसद् गठन हुने बेलासम्म राष्ट्रिय सभाले त्यसलाई पास गरेर राख्छ, नयाँ प्रतिनिधि सभा हुँदा हिउँदे अधिवेशनबाट पास भएर ऐन बन्छ । काम फुक्छ ।’
अध्यक्ष तिमिल्सिनाले कतिपय विधेयक मन्त्रालयपिच्छे परिमार्जित हुँदै जाँदा कुरुप बनिरहेको बताए । मूल मर्म एकातिर बनाइ भएको विधेयकलाई झनै बङ्ग्याएर पठाउने समस्या नेपालमा विद्यमान रहेको उनले बताए ।