काठमाडौं । नवीन विक (८) । अस्पतालको बेडबाट आमाको पर्खाईमा परसम्म आँखा पु¥याइरहेका छन् । अटुट विश्वास छ उनमा कि, आमा ‘छोरो–बाबु’ भन्दै आउँने छिन् । होस खुल्नेबित्तिकै आठवर्षीय बालकको पहिलो बोली के हुन्छ, आमा १ उनी पनि पटकपटक आमा भन्दै कराए–रोए । तर आमा ‘मेरो बाबा’ भन्दै फकाउँदै, खोकिलामा राख्दै आँशु पुछ्न आइनन् यसपटक । र, अब आउँदिनन् पनि । बाल मष्तिष्कमा ‘बाबा’को याद र सम्झना छैन । बुबाले अर्की श्रीमती लिएर नवीनको परिवारलाई छाडेपछि नवीनको जिन्दगी असहाय बनेकी आमाको काखमै हुर्किइरहेको थियो । यसपटक जोडले टाउको दुखिरहँदा, अस्पतालको बेडमा छट्पटाइरहँदा पनि आमा आइनन् ।
बिहीबार साँझ करिब पौने ६ बजे डडेल्धुराको उग्रतारा मन्दिरमा लागेको मेला हेरेर घर फर्किनेक्रममा बस दुर्घटनामा १८ जनाले ज्यान गुमाए । १८ मा परेकी नवीनकी आमा सरस्वती पनि हुन् । सरस्वतीको घटनास्थलमै मृत्यु भयो । ८ वर्षीय नवीनको एक्लो सहारा उनकी आमा संसार छोडेर गइन् । मेला भर्न गएका डोटी, डडेल्धुराका स्थानीय र अन्य यात्रु बोकेको स्कुल बस अमरगढी नगरपालिका–११ रडुवा खोलामा दुर्घटनाग्रस्त बन्यो । १८ जनाको एकै चिहान भयो । सुख, शान्ति, समृद्धि आउँछ भन्छन् उग्रतारा मेला हेर्दा । मनोकामना पूरा हुन्छ भन्छन् । तर सरस्वती विकको जीवनमा यो लागू भएन । नवीनको जीवनमा त मेलाबाट फर्कँदा बज्रपात नै प¥यो । आमा बितिन् । उनी अस्पतालमै छन्, स्वस्थ भए काठमाडौं आउने के साइत जुथ्र्यो होला र रु दुर्घटनामा परेर थप उपचारको नाममा नवीनको काठमाडौं यात्रा घाइते जिन्दगी र टुहुरा परिचयमा जोडिएको छ । अर्धचेत छन् । बेलाबखत होस खुल्दा कराउँछन्, ‘आमा ।’ छन त नवीनको बुबा पनि काठमाडौंमै छन् । तर ती निष्टुरी बुबा छोरालाई अस्पतालमा हेर्नसम्म पुगेनन् ।
कस्तो छ नवीनको अवस्था ?
नवीनको घरायसी अवस्था नाजुक छ । उनको काठमाडौंस्थित नेशनल ट्रमा सेन्टरको पाँचौँ तलाको बेड नम्बर ५१८ मा मूच्र्छित अनि बेहोस अधमरो जिन्दगी घिस्रिरहेको छ । टाउकोमा गम्भीर चोट लागेको छ । एक्सरेले त करङ पनि भाँचिएको देखाएको छ ।
घाइते त छदैँछन् अस्पतालको बेडमा । आमा गुमाएपछि बेसहारा बनेका छन् । उनको स्याहारसुसार र रेखदेख गरिदिने कोही नजिकको आफन्तसमेत छैनन् । आर्थिक अवस्था अत्यन्त कमजोर छ । दुर्घटनाअघि उनी र उनकी आमा दिपायलस्थित सेती नदिमा गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका थिए । र, आमा स्थानीय फर्निचर उद्योगमा पनि काम गर्थिन् । आमा नै मरेपछि नवीनको उपचारमा समस्या भएको छ ।
दिपायल–सिलगढी नगरपालिका–७ पिपल्लास्थित सानो झुप्रोमा जीवन गुजारिरहेका नवीन काठमाडौंमा लगभग बिचल्ली नै छन् । उता घरमा बूढी हजुरआमा र साना भाइ र बहिनी पनि दाजु र आमाको बाटो कुरिरहेका छन् । कहिले कसैको होटेलमा भाँडा माझेर त कहिले गिटी कुटेर बुबाको कमी महसुस गर्न नदिएकी सरस्वतीको मृत्युले नवीनलाई मात्रै होइन, सिंगो पिपल्लाका बासिन्दा शोकमा छन् ।
नवीनको बाल्यकाल
८ वर्षीय बालक नविन चञ्चले थिए । जिद्धिपन अनि जिज्ञासु । पिपल्लाको सेती नदी छेउमा साँझ भेटिन्थे उनी । गिट्टी कुटिरहँदा, कलिला हातमा ठेला मोटाइरहँदा पनि उनी खुशी देखिन्थे । भन्थे, ‘गिटी कुटेर कापी, कलम किन्नु छ । आमासँग पैसा छैन, तलब आएको छैन ।’ साँझबिहान हातमुख जोर्न मुस्किल नवीनले जिन्दगी नबुझ्दै बज्रपात सहनु प¥यो । दुई भाइबहिनी उनकै भरमा छाडेर आमा अस्ताइन् । अस्पतालको बेडमा जीवन र मृत्युसँग जुधिरहेका नवीन आफैँ चिहिलबिहील छन् ।
नवीन बचाउ अभियान
बेसहारा नवीनलाई पुनर्जीवन दिन केही संघसंस्थाले पहल थालेका छन् । उनी एक्लै मृत्युसँग लडिरहेका बेला डोटेली समाज काठमाडौंले बचाउ अभियान थालेको हो । समाजले भनेको छ, ‘घाइते नवीनको उपचार र उपचारपश्चात् जीविकोपार्जनका लागि आआफ्ना तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गरिदिन हुन स्वदेश तथा विदेशमा रहनु हुने सहयोगी मन भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा डोटेली समाज काठमाडौं हार्दिक अपिल गर्दछ ।’
भनिएको छ, ‘आर्थिक रूपमा सहयोग गर्न चाहने महानुभावले डोटेली समाज काठमाडौंको तपसिलको बैंक खातामा पैसा जम्मा गर्न सक्नुहुने छ ।’
तपाईं पनि नवीनलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । ०१४ १०७ २२३ मा तपाईं सम्पर्क गर्नसक्नुहुनेछ ।