काठमाडौं । चीन नेपाल मैत्री सम्बन्धको ६७ औं बार्षिकोत्सव आज मनाईदै छ । सन् १९५५ को अगस्ट १, चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको थियो ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्नुअघि सार्वजनिक भएको ‘हिमाल पार गर्ने मित्रतालाई नयाँ उचाइमा’ शीर्षक लेखमा भने जस्तै, बितेका ६७ वर्षमा चीन र नेपाल एक अर्काको सम्मान र विश्वास गर्ने असल मित्र रहिरहेका छन् र साझा लाभ र फाइदा उठाउने असल मित्र तथा साझेदार हुन् ।
सरकारदेखि जनतासम्म चीन–नेपाल मैत्रीपूर्ण सहयोग सदैव नै आपसी सहमतिमा रहिरहेको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा, नेपालले सधैं ‘एक चीन’ नीतिको दृढतापूर्वक समर्थन गर्दै आइरहेको छ भने नेपालले आफ्नै राष्ट्रिय परिस्थितिसँग अनुकूल विकास बाटोमा हिँड्न र स्वतन्त्र आन्तरिक तथा बैदेशिक नीतिलाई अवलम्बन गरेकोमा चीनले समर्थन गरिरहेको छ ।
आर्थिक दृष्टिकोणबाट हेर्दा, दुई देश बीचको द्विपक्षीय व्यापार र लगानीको परिधि लगातार रूपमा विस्तारित भइरहेको छ । विशेष गरी बितेका वर्षहरूयता, “बेल्ट एण्ड रोड“ अवधारणाको प्रस्तावमा, चीन र नेपालले बहु क्षेत्रमा वस्तुगत सहयोगको प्रवर्द्धन गर्न जारी राखिरहेका छन् ।
सन् २०१५ मा नेपालमा भएको गम्भीर भूकम्प प्रकोपपछिको पुनर्निर्माणमा चीन सबैभन्दा बढी सहायता दिने देश पनि हो । भूकम्पपछिको पुननिर्माणमा चीनले नेपाललाई सहयोग गरिरहेको छ ।
चिन नेपालबिच मैत्री सम्बन्धको ६७ औं बर्षसँगै दुई देशको मित्रता भविष्यमा नयाँ उचाइमा पुग्ने, अझ स्थायी र स्थिर हुने विश्वास लिइएको छ ।