काठमाडौं । आजसम्म छानबिनको म्याद रहेको संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग करिब ३ घण्टा लामो बयान लिएको छ ।
चालू वर्षको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोप लागेपछि पदबाट राजीनामा दिएका शर्माले बिहीबार बिहान ११ सदस्यीय छानबिन समितिसमक्ष बयान दिएका हुन् ।
यसैबीच, निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेका छन् । उनले गरे ।
बिहान संसदीय छानबिन विशेष समितिको बैठकमा बयान दिँदै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर नगरेको दाबी गरेका हुन् ।
आफूमाथि लागेको आरोपको खण्डन गर्दै उहाँले स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा नै बजेट निर्माण गरिएको पनि दाबी गरे।
शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता भएको भए त्यो कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई समेत जानकारी हुने तर्क थियो ।
यसैबीच १० दिनको कार्यावधि पाएर गठन भएको समितिले तोकेको समयमा प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थप्न प्रस्ताव गरिएको छ ।
असार २२ गते गठन भएको यो समितिले पहिलो बैठक बसेको १० दिनभित्रमा प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्था गरिएको थियो । तर, तोकिएको समयमा आवश्यक सबै काम सकिएको छैन ।
समितिले प्रतिनिधि सभामा म्याद थपका लागि प्रस्ताव पठाएको छ । सचिव अर्यालले म्याद थप्न आज प्रस्ताव पठाएको र प्रतिनिधि सभा र सभामुखले म्याद थप्ने/नथप्ने बारे आज बेलुकासम्म निर्णय गर्ने बताए ।
समितिले अहिलेसम्म गरेको अध्ययनबाट अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने ठोस प्रमाण भेट्टाएको छैन ।