काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पोलिटब्युरोमा वैकल्पिक सदस्यमा चर्को विवाद भएपछि थप गरेका छन् । सुरुमा १२५ जनाको नाम अध्यक्ष दाहालले सार्वजनिक गरेका थिए । उक्त प्रस्तावित नामप्रति नेताहरुले आपत्ति जनाएका थिए ।
प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युरो सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । प्रस्तावित नाममा मापदण्डविपरीत रहेको आरोप लगाइएको थियो ।
उक्त सूचीमा धेरै नाम छुटेको भन्दै आवाज उठेपछि एक घन्टा बैठक स्थगित भएको थियो । नेताहरुसँग थप परामर्श गर्दै अध्यक्ष दाहालले १५६ जनासम्म बनाउन सकिने भन्दै ३१ जनाको नाम थप गरेका हुन् ।
पार्टीको जारी केन्द्रीय कमिटीबाट पारित १२५ जना पोलिटब्युरो सदस्यमा ३१ जनाको नाम प्रचण्डले थप गरेपछि बैठक सुरु भएको छ ।
थप प्रस्तावित नाम
पूर्णा कुमारी सुवेदी, जयपुरी घर्ती, रेखा शर्मा, अन्जना बिसंखे, प्रल्हाद बुढाथोकी, महेश्वर गहतराज, रामेश्वर राय, उर्मिला अर्याल, यशोदा सुवेदी, अमृता थापा, कमला रोक्का, सत्या पहाडी, साबित्री काफ्ले , सुर्य सुवेदी, सुनिल मानन्धर, विश्वनाथ साह, नेपबहादुर चौधरी, पर्शुराम तामाङ, दलजीत श्रीपाली, कालीबहादुर मल्ल, नारायणी शर्मा, हकिकुल्ला खाँ, सुरेश आले, डोरप्रसाद उपााध्याय, वण यादव र बलावती शर्मालगायत रहेका छन् ।