काठमाडौ । शिक्षासेवी प्राध्यापक तोयानारायण पौडेलले राष्ट्रको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपसँग विशेष कुराकानी गर्दै पौडेलले शिक्षाको विकासका निम्ति त्यहाँ उत्पादितज नशक्तिहरु त्यस देशमा प्रयोग हुन सकिरहेका छन् कि छैनन् भन्ने मूल कुरा भएको बताए । उनले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक क्षेत्रले आफूभित्रैको लडाइँका कारण यस क्षेत्रमा ध्यान दिन नसकेको बताए ।
नेपालको शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउँदै पौडेलले नेपालको शिक्षा नेपाली माटो सुहाउँदो हुन नसकेको बताए । उनले भने, ‘नेपालमा प्राविधिक शिक्षाको खाँचो छ, तर हामी व्यवहारिक शिक्षा भन्दापनि सैद्धान्तिक शिक्षामा फोकस गरिरहेका छौं ।’
अहिले अधिकांश विद्यार्थीहरु मुलुक भित्र भन्दा पनि बाह्य मुलुकमा आकर्षित हुन थालेको बताउँदै नेपालमा उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा अधिकांश विद्यार्थी बाहिर जान चाहेको बताए ।
राज्यले शिक्षार स्वास्थ्यमा लगानी गर्नुपर्नेमा जोड दिँदै पौडेलले राज्यले शिक्षामा उचित लगानी गरेको खण्डमा नेपालभित्रै सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । उनले भने, ‘अहिले हामीले सिभिल इन्जिनियरिङ पढाउँदा १२ लाख लिइरहेका छौं भने सरकारले लगानी गरिदियो भने ३ लाखमा पढाउँला नि त । अझ कतिले त स्कलरशिपमा पनि पाउलान् नि त ।’
राज्यको लागि आवश्य पर्ने जनशक्ति उत्पादन गर्ने दायित्व राज्यको नै भएकाले यसमा राज्य जिम्मेवार हुनैपर्ने पौडेलले बताउनुभयो । उनले अहिले राज्यले नेपालमै पढ्न चाहने विद्यार्थीहरुका लागि उचित व्यवस्थापन गर्न नसक्दा उनीहरु निजी कलेजमा पढ्न बाध्य भएको बताए । निजीमा पढ्दा स्वतः शैक्षिक शुल्क महंगो हुने उनको तर्क छ ।
अहिले नेपालमाविना योजना विश्वविद्यालयहरु खोलिएको बताउँदै पौडेलले अहिलेको अवस्थामा केन्द्रीय रुपमा एउटा विश्वविद्यालय मात्र भए पुग्ने बताए । उनले केन्द्रीय विश्वविद्यालयबाट आंगिक क्याम्पस सञ्चालन गरेर प्रदेशका लागि आवश्यक जनशक्तिउत्पादन गर्न ध्यानदिनुपर्ने बताए ।