काठमाडौं । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९।८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाको दशौं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले निति तथा कार्यक्रमसहित बजेट पेस गरेकी हुन् ।
चालु आर्थिक वर्षको बजेटभन्दा करिब एक अर्ब कमको बजेट विराटनगरले ल्याएको हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाखको थियो ।
सोही बजेटलाई समेत संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हजारको अनुमान सभाले गरेको छ ।आगामी बजेटमा आयतर्फ एक अर्बको आन्तरिक आयको प्रक्षेपण गरेको छ ।
संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्तस्शुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारीसाधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार रहेको छ ।
आयतर्फ सशर्त अनुदान संघीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, जिससबाट १ करोड, करुणा फाउन्डेसनबाट ९० लाख, युएनएफपीए आइपास सीएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट ऋण १० करोड १९ लाख रुपैयाँ आम्दानीको अनुमान गरिएको छ ।
यस्तै व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६१ करोड ३५ लाख ५० हजार, समपूरक कार्यक्रमतर्फ ४७ करोड २० लाख, सहकारी, उपभोक्ता हित संरक्षण, पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास, पशुपन्छी तथा भेटेनरी र कृषि विकासका लागि १३ करोड ८० लाख, सामाजिक विकासका लागि १५ करोड ९६ लाख, पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ७० करोड ९८ लाख, १७ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख, सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ३५ लाख खर्चको अनुमान गरिएको छ ।
यस्तै व्ययतर्फकै समपूरक विशेष सशर्त ऋण तथा संघसंस्थाको कार्यक्रमको कुल खर्च १ अर्ब २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।