काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी भिमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध अख्तियारले शुक्रबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्म सरकारी सेवामा रहँदा उक्त रकम गैरकानुनी रूपमा आर्जन गरेको दाबी अख्तियारको आरोपपत्रमा गरिएको छ।
गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याबले सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन्। उक्त कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको थियो।
नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उनले यस्तो रकम आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
उनको खर्च र लगानी ९जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम० ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
विशेष, अदालतमा दायर गरिएको मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दावी गरेको छ। उनीसँग रहेको ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ।
उनी असार २०७७ सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा कार्यरत थिए।
कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा बदनाम भएको ओम्नी कम्पनीमा पनि उनी संलग्न रहेका थिए। अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ।