काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्ने प्रारम्भिक राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप खेल्ने प्रारम्भिक १९ जनाको महिला टोलीको घोषणा गरेको हो ।
प्रारम्भिक टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे,काजल श्रेष्ठ, र कविता कुँवर छन् । यता, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल र इश्वरी विष्ट छन् ।
क्यानले अन्तिम १५ खेलाडी घोषणा गर्ने छ । पहिलो चरणको क्याम्पबाट १९ खेलाडी छनोट भएका हुन् ।