काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेकोे सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा पनि भारी वर्षा भईरहेको छ ।
ती जिल्लामा थप वर्षा हुने सम्भावना रहेको तथा ती स्थान आसपास भई बहने स(साना नदीमा आकस्मिक बहाव अर्थात बाढी, कतिपय भू(भागमा डुबान र पहिरोकोसमेत जोखिम उच्च भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौ उपत्उकाको आजको अधिकतम तापक्रम ३० दशमलब २ डिग्री सेल्सियस र न्युनतम तापक्रम २० दशमलब २ डिग्री सेल्सियस रहनेछ । सुर्यदयो बिहान ५ बजेर २० मिनेटमा भएको थियो भने सुर्यास्थ साझ ७ बजे हुनेछ ।