काठमाडौ । कोरोना महामारीसगै जुधिरहेकै बेला एकपछि अर्को गर्दै नामी कलाकारहरुको मृत्युले बलिउड पुरै स्तब्ध बनेको छ । सबैको लोकप्रिय तथा मेहनति कलाकार सुसान्त सिहं राजपुतको आत्महत्याको खबरले बलिउड जगतलाई चकित तुल्याएको छ अर्कातर्फ आत्महत्याका कारण के होला भन्ने बिषयले पनि चर्चा पाइरहेको छ ।
उनि आफ्नो करियरमा एक पछि अर्को गर्दै सफलता चुम्दै गइरहेका थिए । सय करोड सम्पतिका मालिक पढाइमा अब्बल र चलचित्र क्षेत्रमा पनि एक पछि अर्को गर्दै सफल हुदै गइरहेका युवाको आत्महत्यको बिषयले चर्चा पाउनु कुनै आश्चर्य जनक कुरा त होइन । शुसान्तको करियर बलिउडमा राम्रो संग बढ्दै गइरहेको थियो । बलिउडमा उनको अभिनय रहेको पहिलो चलचित्र काया पोछे हो । यहि चलचित्रबाट उनले आफ्ना धेरै प्रशंसक बटुलेका थिए । यसपछि उनले शुद्ध देशी रोमान्स,पीके, छिचोरे डिटेक्टिभ ब्योमकेस बक्सी जस्ता चलचित्रमा अभिनय गरे । यी चलचित्र बाट पनि उनले रामै चर्चा बटुलेका थिए ।
शुसान्तले अभिनय गरेको चलचित्र एम एस धोनिः अनटोल्ड स्टोरीले बक्स अफिसमा धेरै राम्र ब्यापार गरेको थियो । यो चलचित्र पछि उनको चर्चा मात्र नभएर बलिउडमा मा पनि ह्वातै बढेको थियो । उनले अहिले सम्म बलिउडमा एक दर्जन भन्दा बढि चलचित्रमा काम गरिसकेका थिए । टेलिभिजनबाट आफे अभिनय यात्रा शुरु गरेका शुसान्त बलिउडका चर्चीत नायक बन्न सफल भैसकेका थिए ।
बाहिरबाट जतिसुकै चमक देखिएपनि बलिउड स्टार हरुको जिवन भित्रभित्रै निराशा,कुन्ठा, एक्लोपन र भयले त्रसीत पारेको हुन्छ भन्ने उदाहरण हामीले धेरै देखिसकेका छौ । कोहि आफ्नो पेशाले गति समात्न नसकेपछि कोहि उचाइमा पुगेको आफ्नो करियर धरमराउन थालेपछि असन्तुलित हुन्छन भने कोहि रियल र रिल जीबन बिच सन्तुलन मिलाउन नसकेर चिन्तित हुन्छन् । हुनत चलचित्र क्षेत्रमात्रै होइन हरेक क्षेत्रका मानिसलाई यस्ता पिडाले गाज्ने गरेको हुन्छ । तर अरु क्षेत्रका मान्छेलाई आफ्नो हिसावले स्वाभाबिक भएर बाच्ने छुट हुन्छ तर स्टार हरुले त्यो छुट पाउदैनन । हामी सोच्दछौ कि उनिहरुको जिबन कति शुन्दर छ म पन त्यो जस्तै हुन पाए । तर यथार्थ हामीले सोचे भन्दा धेरै दर्दनाक हुने गर्दछ । शुसान्तको मृत्युले पनि यहि कटु यर्थाथ जायर गरेको छ ।
हुन त शुसान्त पनि डिप्रेशनको उपचार गराइरहेका थिए भनि भारतिय मिडियाहरुले उल्लेख गरेका छन् । बलिउडमा काम गर्ने अधिकाशं स्टारहरु जिबन कालमा एकपटक डिप्रेशनमा पुगेको सुनाउदछन् । शुसान्तलेपनि डिप्रेशनकै कारण किन यति लोभलाग्दो जिवन त्याग गरे त उहा प्रश्न चिन्ह पनि त्यहि रहेको छ । अनि उनको मृत्युलाई लिएर थरिथरिका अड्कल पनि गरिएको छ । यो अड्कल उनको मृत्युको कारण खोल्न सक्षम होला या नहोला भविष्यले देखाउनेछ । अहिलेचाही उनको असामयिक निधनलाई अनेकन हन्डर र संधर्ष गरेर आफ्नो सपना साकार पार्न तल्लिन एक अब्बल युवाको अन्त्य भनेर चिनाइएको छ ।
३४ बर्षीय शुसान्तको जन्म पट्नामा भएको थियो । उनले आफ्नै प्रतिभा र मेहनतले सफलताको शिखर चुमेका थिए । शुसान्तको अन्तिम चलचित्र दिल बेचारा रिलिज हुन बाकिनै रहेको छ । जसमा उनले एक क्यान्सर बिरामीको भुमिका निर्बाह गरेका छन् । शुसान्त त्यस्ता कलाकार हुन जसले टेलिभिजनको सानो पर्दाबाट आफ्नो यात्रा सुरु गरे । बलिउडमा न उनको कसैसंग सम्बन्ध थियो न उनि कुनै स्थापित निर्देशकको समुह भित्र पर्दथे । शुसान्तको पहिलो सिरियल किस देशके हे मेरा दिल भन्ने हो । त्यसपछि पबित्र रिस्ता सिरियल मार्फत उनले बलिउडमा चर्चा बटुलेका थियो । सो सिरियल त्यो समयको एकदमै चर्चीत सिरियल रहेको थियो । उनी डान्स रियालिटि सो जरा नचके देखा र झलक दिखालाजामा पनि देखिएका थिए । उनि भारतमा मात्रै नभएर नेपालमा पनि उतिकै लोकप्रिय रहेका थिए ।
यसैगरि शुसान्तको आत्महत्या प्रकरण बलिउडमा परिवारबादको राजनितिक हाबी भएको भन्दै अहिले सामाजिक संजालमा अनेकन बहस पनि सुरु भएको छ । बलिउड अभिनेत्री कंगना रनावतले शुसान्तको हत्यको चर्को आलोचना गरेकी छिन् । उनले आफेनो इन्ट्राग्राममा आफ्नो भिडियो पोष्ट गदै शुसान्तको मृत्यु आत्महत्या हो या योजनाबद्ध रुपमा गरिएको हत्या हो भनेर बलिउड जगतलाई प्रश्न गरेकी छिन् ।
यता भारतिय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले शुसान्तको मृत्यु संग जोडेर बलिउड अभिनेता सलमान खान, करण जोहर,एकता कपुर,संनजयलिला भन्साली,आदित्य चोपडा,भुषण कुमार र निर्देशक दिनेश बिरुद्ध फौजदारी मुद्धा दायर गरेका छन् । यी आठ ब्यक्तिले उनको फिल्म रिलिज हुन बाधा पुर्याएको र यिनिहरुकै कारण शुसान्तलाई फिल्मी कार्यक्रकममा बोलाउन छाडिएको भनेर मुद्धामा उल्लेख भएको जनाइएको छ ।
जिबनको कटु सत्य मृत्यु हो । यो सबैको लागी दुख पुर्ण छ । झन संघर्ष गदै अगाडि बढ्न खोज्ने शुसान्त जस्तोको आत्महत्याले धेरैको मनलाई विह्वल बनाएको छ । कतित आफै कमजोर पनि बनेका छन् । स्टारले त आत्महत्या गर्छ भने म त के नै होर भनेर दुख परेकाहरुले आत्मबल पनि घटाएका छन् । यो मनोवैज्ञानिकताका आधारमा स्वाभाविक पनि रहेको छ ।
शुसान्त र म सयौ माइलको दुरिमा बस्थ्यौ । हाम्रो भेट पनि कहिल्यै भएको थिएन तर उनका सबै जसो चलचित्र र सिरियल मैले हेरेको छु । मलाई उनि खुव मनपर्ने कलाकार थिए । अझभनौ उनको नाके बोली र मिठो मुस्कान अझै झलझल याद आइरहेको छ । कलाकारितामा अब्बल उनि र उनको प्रशंशक म बिचको नाता उनको मृत्यु पछि अझ गाडा भएको छ । एकान्तमा उनले खेलेका चलिचित्रहरुका सिनहरु म झनै सम्झिरहेको हुन्छु । उनलाई यसै बिर्सन मेरो मनले कहिल्यै दिदैन । अलबिदा शुसान्त ।।
उषा कार्की काभ्रेपलान्चोक
लेखक बिबिएस तेस्रो बर्षको बिधार्थी हुनुहुन्छ ।