काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार (आज) लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै छन् । चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने भएका हुन् ।
युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए । दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।
यसैबीच,नेकपा एमालेसँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ ।
महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित भएका छन् ।