काठमाडौं । एसियन कप फुटबल छनोट प्रतियोगिताका लागि २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडीको नाम तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
बन्द प्रशिक्षणमा किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर र दर्शन गुरुङको नाम परेको छ ।
यस्तै देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ पनि टाेलीमा रहेका छन् ।
आउँदो अप्रिल १५ तारिखदेखि बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ । छनोटको समूह ’ए’ मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेल आउँदो जुन ८ तारिखदेखि कुवेतमा हुनेछ ।