काठमाडौं । आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।
आसिफलाई सायद अजिजले क्याच आउट गराए ।नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन बनाए । यसअघि नेपालले दोस्रो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो ।
नेपालका कुशल भुर्तेललाई मलेसियाका पवनदीप सिंहले क्याच आउट गराए । चौथो ओभरको अन्तिम बलमा मलेसियाले दोस्रो सफलता हाल पार्यो । पवनदीपले रोहित कुमार पौड्यलले एलबीडब्लू आउट गराए ।
नेपालका दीपेन्द्र सिंह ऐरी तेस्रो विकेटको रूपमा पेवेलियन फर्किए । उनलाई मोहमद अमरिले २१ रनमा क्याच आउट गराए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट भए । मलेसियाले पहिलो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका करण केसीले भिरनदीप सिंहलाई बोल्ड आउट गराए ।
मलेसियाले सातौँ ओभरको पाँचौँ बलमा आफ्नो दोस्रो विकेट गुमायो मलेसियाका जुबदी जुल्किलेलाई कुशल मल्लले ३२ रनमा बोल्ड आउट गराए । १२औँ ओभरको पाँचौँ बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमायो ।
मलेसियाका सायद अजिजलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराए । सन्दीपले नेपालका लागि सन्दीप लामिछानेले चौथो सफलता दिलाए ।
सन्दीपले १३औँ ओभरको दोस्रो बलमा अहेमद फिजालाई २४ रनमा क्याच आउट गराए । सन्दीपले नै १७औँ ओभरको पहिलो बलमा सुरभिन मुनिन्देलाई ९ रनमा क्याच आउट गराए ।
१८औँ ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका मोहमद अमिरलाई अबिनास बोहोराले एलबीडब्लू आउट गराए ।
१९औँ ओभरको चौथो बलमा मलेसियाले आफ्नो सातौँ विकेट गुमायो । मलेसियाका अमर जुहदी हाजलानलाई करण केसीले खाता नखोल्दै क्याच आउट गराए ।
जितसँगै नेपालले दुई खेलमा ४ अङ्क जोडेको छ । पराजित मलेसियाले २ खेलमा २ अङ्क जोडेको छ । पीएनजी भने अङ्क विहीन छ ।