काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका किसानले लगाएको मकैबालीमा फौजी किराको संक्रमण देखिएको छ। गोडिसकेका मकै फौजी किराले नष्ट गर्न थालेको हो। गोडिसकेका मकै फौजी किराले नष्ट गर्न थालेको वडा नम्बर ९ का अध्यक्ष टिकाराम कुमालले जानकारी दिनुभयो ।
मकै फौजी किराले खाएर नष्ट गर्न थालेपछि किसानले गुनासो गर्न थालेका छन् । तुम्लिङटारमा अघिल्लो वर्षजस्तै यस वर्ष पनि मकैमा फौजी कोराको संक्रमण बढेको किसान सन्तोाष खत्रीको भनाई छ ।
फौजी किराको संक्रमण बढ्दै गए यसपाली मकै भित्र्याउन नपाइने उहाँको चिन्ता छ। तुम्लिङटार, बोहोराटार, कुमाल गाउँ, माथिल्लोटारमा लगाइएको मकैमा फौजी किराको संक्रमण देखापरेको छ। फौजी किराको संक्रमणको पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको किसानको गुनासो छ।
यस वर्ष फौजी किराले संखुवासभाको १० स्थानीय तहमध्ये छवटा तहका सयौं हेक्टर क्षेत्रफलमा फौजी किराले मकैमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द आचार्यले बताउनुभएको छ ।
फौजी किराको संक्रमण खाँदबारी, चैनपुर, मादी, पाँचखपन, धर्मदेवी नगरपालिका र मकालु गाउँपालिकामा देखिएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
फौजी किराको प्रकोप देखिएपछि कृषि प्राविधिकहरुले किसानलाई यसको नियन्त्रण सम्बन्धमा परामर्श दिएर प्रकोप नियन्त्रण गर्नका लागि सचेतना कार्यक्रम गरेको कृषिज्ञान केन्दले जनाएको छ।