कैलाली । कैलालीको लम्किचुहामा फायर ब्रिगेड तथा आगलागी व्यवस्थापन तालिम सुरु भएको छ ।
युएसएआईडी तयार नेपाल र लम्किचुहा नगरपालीकाको संयुक्त आयोजना तथा हाईफेसको सहजिकरणमा आयोजित ७ दिने तालिम सुरु भएको हो ।
नगरपालिका तथा स्थानिय अधिकारीहरुको उपस्थितिमा नगर प्रमुख महादेव बजगाईंले आइतबार प्रशिक्षण तथा तालिम कार्यक्रमको उद्घाटन गरे ।
प्रशिक्षणको नेतृत्व गरिरहेकी ख्याति प्राप्त अग्नी नियन्त्रक सुनिता सिवाकोटी भारद्वाजले अग्नीजन्य विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि तालिम महत्वपुर्ण हुने बताईन् । लम्किचुहा नगरपालीकाका कम्तिमा २ जना महिला प्रशिक्षार्थीहरु पनि उत्पादन तथा व्यवस्थापन गर्ने लक्ष्य रहेको उनले बताइन् । प्रशिक्षक भारद्वाज नेपालकै प्रथम अग्नि नियन्त्रक तथा विमान अग्नि नियन्त्रक समेत समेत हुन् ।
कार्यक्रममा लम्किचुहा तथा टीकापुर नगरपालिकाका अग्निनियन्त्रक कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा स्थानिय स्वयंसेवक गरि १७ जनाले सहभागिता जनाएका छन् ।
लम्किचुहा नगरपालिकाका प्रमुख माधव बजगाईंको प्रमुख आतिथ्यता, उपप्रमुख टीका थापाको विशिष्ट आतिथ्यता तथा वातावरण विपद् व्यवस्थापन इकाई प्रमुखको सभापतित्व तथा स्थानिय निकायका पदाधिकारीहरु समेतको उपस्थितीमा आईतबार समुद्घाटन समारोह सम्पन्न भयो ।
युएसएआईडीको तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा हिमालयन इन्स्टिच्युट अफ फायर एण्ड एमर्जेन्सी सर्भिसेस प्रा.ली.ले देशका विभिन्न स्थानमा आगलागी व्यवस्थापन तालिम दिइरहेको छ ।
विपद् व्यवस्थापनका लागि सचेतना, पुर्वतयारी तथा आवश्यक जनशक्तिको टड्कारो रहेको नेपालमा यस खालको तालिम स्थानिय निकायहरुमा महत्वपुर्ण हुने वक्ताहरुले बताए ।