काठमाडौं । महाशिवरात्रि पर्व नजिकिदै गर्दा व्यवस्थापकिय कार्यहरु अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकाष कोषले जनाएको छ ।
हरेक बर्ष महाशिवरात्रि पर्वको सम्पूर्ण व्यवस्थापन कोषले नै गर्दै आएको छ । आइतबार पशुपति क्षेत्रमा कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा दर्शनार्थीका लागि लाईनको व्यवस्था लगायत पर्व लक्षित अन्य जानकारी पनि दिइयो ।
त्यसदिन बिहान ३ः०० बजे देखि पशुपतिनाथको चारैढोका बाट दर्शनको व्यवस्था मिलाईने छ । कोषका अनुसार दर्शनार्थीका लागि यसपाली तीन तर्फबाट लाईनको व्यवस्था गरिएको छ । गुहेश्वरी गौरीघाट, उमाकुण्ड हुँदै उत्तरढोकाबाट १ लाइन, मित्रपार्क भएर भुवनेश्वरी स्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका बाट १ लाईन, बत्तिसपुतलि गौशाला, पिंगलास्थान सुमार्गी भवन अगाडिबाट दक्षिण ढोका हुँदै १,१ लाईन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शका लाईन हुने जानकारी दिइयो ।
त्यस्तै नित्य दर्शनार्थीहरुले भने बिहान सात बजे अघि नै भुवनेश्वरी स्थित फलामको सानो ढोका बाट दर्शनका लागि जान पनि कोषले अनुरोध गरेको छ ।
दिनभर पशुपति क्षेत्रमा स्वास्थ्य शिविर र सयौं स्वयंसेवक परिचालित हुने छन् । करिब ६० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा दिनेछन् भने ५ हजारको संख्यामा स्वयं सेवक परिचालित हुने कोषले जनाएको छ । त्यस्तै केहि सहयोग चाहिएको खण्डमा त्यहाँ राखिएका हेल्प डेस्कमा सम्पर्क गर्न पनि कोषले अनुरोध गरेको छ । त्यसदिनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सनाले बिशेष सुरक्षा दिने जनाइएको छ ।
महाशिवरात्रि पर्वलाई चुस्त दुरुस्त बनाउन भन्दै कोषले केहि दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति २०७८ गठन गरेको थियो । समिति अन्तर्गत गठित बिभिन्न उपसमितिले आफ्नो कामहरु गर्नेछन् ।
पार्किङ् एरिया
सवारी साधन पार्किङ् गर्नको लागि ठाउँहरु छुट्याइएको र ति स्थानहरुमा पार्किङ् गर्न सकिने कोषले जानकारी दिएको छ । यि ठाउँहरुमा पार्किङ् गर्न सकिने छ ।
सिफल चौर
गुहेश्वरी पारी
पशुपति विकाश कोषको कार्यालय
भण्डारखाल र अमालकोट
तीलगंगा करिडोर महानगर प्रहरी वृत्त गौशाला ।
तस्विरः रमण मानन्धर/क्यापिटल दैनिक