काठमाडौं । चीनियाँ शारीरिक अभ्यास खेल “ताई ची”को आधारभुत प्रशिक्षण काठमाडौंमा सुरु भएको छ । चिनियाँ साँस्कृतिक केन्द्रको आयोजनामा बुधबारबाट शुरु भएको “ताई ची” को प्रशिक्षण आइतवार सम्पन्न हुनेछ । हरेक दिन बिहान १० बजे देखि ११ बजे सम्म चिनियाँ साँस्कृतिक केन्द्रको कार्यलय महाराजगञ्जमा र दिउँसो ३ बजे देखि ४ बजे सम्म शंख पार्कमा प्रशिक्षण संञ्चालन भईरहेको छ ।
“ताई ची” परम्परागत चिनिया कला र धरोहर रहेको चीनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यीन खुन सोङले बताउनुभयो । चीनमा सबै मानिसहरुले हरेक दिन “ताई ची”को अभ्यास गर्ने गरेको पनि उहाँले बताउनुभयो ।
“ताई ची” ले स्वास्थ्य राम्रो बनाउनुका साथै वृद्ध उमेर देखि युवा तथा बाल–बालिकालाई फाइदा पु¥याउने पनि सोङको भनाई छ । चीनियाँ मार्सल आर्ट खासगरी, युवाको लागि हो भने “ताई ची” वृद्ध र महिलाहरुको लागि महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।
यसले शरिरमा अक्सिजनको प्रवाह गर्न सहज बनाउने भएकाले विषेश हुने निर्देशक सोङले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा पहिलो दिन ५० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।
“ताई ची” नेपालीहरुले राम्रोसँग सिक्दै गरेको र संस्कृति साटासाट गर्न यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । यस्तै, चीनको सेनदोङबाट प्रशिक्षणका लागि आउनुभएका प्रशिक्षक चेन सुले सबै विद्यार्थीहरु राम्रो रहेको र आफुलाई धेरै खुशी लागेको बताउनु भयो ।
निमा स्याङबोले आफुले “ताई ची”को प्रशिक्षण लिन पाँउदा आफुलाई खुशी लागेको भन्दै यो खेल सबै उमेर समुहका लागि फाईदाजनक रहेकाले सबैले सिक्नु पर्ने बताउनुभयो । अर्का विद्यार्थी सरीता राईले “ताई ची” महिलाहरुको लागि धेरै महत्वपुर्ण रहेको बताउनुभयो ।
चीनबाट प्रशिक्षक आएर “ताई ची” सिकाउनु राम्रो कुरा रहेको विद्यार्थी दिवस राईको भनाई छ । सत्र वर्ष अघि नै “ताई ची” सिकि सक्नु भएका श्याम गौतमले आफुले प्रत्येक दिन यस खेलको अभ्यास गर्ने गरेको सुनाउनुभयो ।