काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या करिब ३५ करोड पुगेको छ । पछिल्लो २४ घण्टामा २७ लाख ३३ हजार जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३४ करोड ९६ लाख ४५ हजार पुगेको हो ।
थपिनेमा फ्रान्समा ३ लाख ८९ हजार, अमेरिकामा ३ लाख ९ हजार, ब्राजिलमा २ लाख २ हजार, इटलीमा एक लाख ७१ हजार, जर्मनीमा एक लाख ५ हजार, बेलायतमा ७६ हजार, टर्कीमा ७२ हजार र रुसमा ५७ हजार छन् ।
संक्रमणमुक्त हुनेमा इटलीमा एक लाख ४८ हजार, अर्जेन्टिमा एक लाख २४ हजार, बेलायतमा ९७ हजार, टर्कीमा ८९ हजार, फ्रान्समा ५८ हजार, अमेरिकामा ५४ हजार र रुसमा २५ हजार छन् ।
मृत्यु हुनेमा अमेरिकामा ८२५, रुसमा ६८१, ब्राजिल ३३२, बेलायतमा २९७ हजार, इटलीमा २८९, टर्कीमा १८४ र जर्मनी १०४ जना छन् ।