भक्तपुर । सूर्यविनायक नगरपालिकाले आजदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरु र ६० बर्षदेखि माथिका नागरिकहरुका लागि कोभिशिल्ड/एस्ट्राजेनिका र भेरोसेल खोपको दोश्रो मात्रा लगाइएको ६ महिना पूरा गरेकाहरुलाई ‘बुस्टर डोज’ खोप अभियान सुरु गरेको छ ।
दुई चरणमा सुरु गरिएको उक्त खोप अभियान अन्तर्गत पहिलो चरणमा माघ ६ र ७ गते स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक फोहर संकलन सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सार्वजनिक क्षेत्र, (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, वैकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, एम्बुलेन्स तथा शव बाहन चालहररु सार्वजनिक यातायातका चालक तथा सहकार्यह आदि क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई खोप प्रदान गर्नेछ । यसैगरी, दिर्घ रोगीहरु, (सक्रिय क्यान्सर रोगहरु अंग प्रत्यारोपण गरेका विरामीहरु, एच.आइ. भि. भएका विरामीहरु, उपचारका क्रमका रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका विरामीहरुलाई पनि पहिलो चरणमै ‘बुस्टर डोज’ प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका १० वटा वडाका ११ वटा स्वास्थ्य केन्द्रमा सञ्चालित उक्त खोप अभियानको दोश्रो चरणमा माघ १४ गतेदेखि ६० बर्ष माथिका २०७८ असार मसान्तसम्म दोश्रो मात्रा पूरा गरेका व्यक्तिहरुलाई उक्त खोप अभियानमा सहभागी हुन आव्हान गरिएको छ ।
खोप अभियानमा सहभागी हुन यसअघि दोश्रो खोपको मात्रा पूरा गरेको कार्ड अनिवार्य रुपमा लिएर आउन नगरपालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।
खोप अभियान विहान १०ः३० देखि दिउँसो ३ः०० बजे सम्म सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य संयोजक विक्रम मगरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ