काठमाडौं । नेकपा एमालेले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन बाँकी छ । सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक अरु ६ वटामा नेतृत्व चयन भइसकेको छ ।
प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक ठकुरी, गण्डकी प्रदेशमा ऋषि कँडेल, लुम्बिनी प्रदेशमा नारायण पाण्डे, कर्णाली प्रदेशमा जेबी शाही र सुदूरपश्चिम प्रदेशमा दलबहादुर धामी चयन चयन भएका छन् ।
कोभिड–१९ महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरेर नौ वटा जिल्लाको अधिवेशनको मिति तय हुने एमालेले जनाएको छ ।