चितवन । चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल ९५२.६३ किमी (३६७.८१ वर्ग माइल) छ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालका सबैभन्दा लोकप्रिय पर्यटन स्थलहरूमध्ये एक हो । चितवन राष्ट्रिय निकुञ्जमा दुई मुख्य प्रवेशहरू छन्ः पूर्वमा सौराहा र पश्चिममा मेघौली गाँउ।
चितवन राष्ट्रिय निकुञ्ज, सराहा हङकङ र जीपमा जंगली सफारीको लागि पनि लोकप्रिय छ। एक सिंगे गैँडाका लगि यो निकुञ्ज विश्वकै आकर्षक गन्तव्य हो । नेपालको राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा बढी बाघ पाइने राष्ट्रिय निकुञ्ज पनि यही हो ।
यो निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको वन्यजन्तु तथा संरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार यो निकुञ्जमा गैँडा, पाटे बाघ, सोँस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।
यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी, ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू र १०० भन्दा बढि जातका माछाहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा हरिण, चित्तल, बाँदर तथा लंगुर बाँदर आदि पर्दछन्।र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जमा पाइने विभागले जनाएको छ ।
फोटो :रमण मानन्धर