काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व धमाधम चुनिँदैछन्। अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटनका क्रममा भने जस्तै हालसम्म विभिन्न २४ जिल्ला र दुई गैरभौगोलिक अध्यक्ष छानिएका छन् ।
जसमध्ये कपिलवस्तु र नवलपरासी (पश्चिम) मा निर्वाचनबाट नेतृत्व छानिएको छ। दुई गैरभौगोलिकसहित २४ जिल्लामा सर्वसम्मत नेतृत्व छानिएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार देशका धेरै स्थानमा सर्वसम्मत नेतृत्व छानिँदैछ। सुदूरपश्चिमका अधिकांश जिल्लासहितमा भने निर्वाचन तयारी भइरहेको छ। ओलीले पहिलो प्रयास सहमति नभए स्वस्थ प्रतिस्पर्धामा जान भनेका थिए।
रिजालका अनुसार अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। उता एमाले उपाध्यक्ष विष्णु पौडेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा तेजेन्द्र केसी सर्वसम्मत अध्यक्ष भएका छन्। कपिलवस्तुमा डम्मर शर्मा निर्वाचनबाट अध्यक्ष भएका छन्। त्यस्तै नवलपरासी (पश्चिम) पनि दीपेन्द्र अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्।
उता एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका छन्। नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बन्न सफल भएका छन्।
अध्यक्ष छानिएका जिल्ला
प्रदेश १
१. झापा : दीपक कार्की
२. तेह्रथुम : तेजमान कन्दङ्वा
३. धनकुटा : इन्द्रमणि पराजुली
४. खोटाङ : रामप्रसाद दंगाल
५. मोरङ : ऋषिकेश पोखरेल
प्रदेश २
१. सप्तरी : ताराकान्त चौधरी
बागमती
१. काभ्रेपलाञ्चोक : अशोक ब्याञ्जु
२. धादिङ : भूमि त्रिपाठी
३. मकवानुर : एकलाल श्रेष्ठ
४. नुवाकोट : बद्री मैनाली
५. रसुवा : कर्णेल तामाङ
६. भक्तपुर : बचन देउजा
गण्डकी
१. तनहुँ : श्रीप्रसाद श्रेष्ठ
२. गोरखा : प्रेम गुरुङ
लुम्बिनी
१. गुल्मी : बालकृष्ण काउछा मगर
२. पाल्पा : धनेन्द्रराज घिमिरे
३. अर्घाखाची : पिताम्बर भुसाल
४. बर्दिया : लालबहादुर श्रेष्ठ
५. बाँके : किस्मत कुमार कक्षपती
६. रुपन्देही : तेजेन्द्र केसी
७. दाङ : हुकुमबहादुर बस्नेत
८. कपिलवस्तु : डम्मर शर्मा (निर्वाचनबाट)
९. नवलपरासी (पश्चिम) : दीपेन्द्र अधिकारी (निर्वाचनबाट)
कर्णाली
१. सल्यान : गोविन्द पुन मगर
२. डोल्पा : शेरबहादुर बुढा
गैरभौगोलिक जिल्ला
१. पेशागत विशेष : उमेश ढकाल
२. मजदुर विशेष : जीतेन्द्र श्रेष्ठ