काठमाडौं । नेकपा (एमाले) का नेता केशव बडालले एमाले विरुद्धको गठबन्धन देश विरोधी गाठबन्धन भएको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै नेता बडालले एमालेले आगामी चुनावमा ५५ प्रतिशत सिट जित्ने दाबी गरेका छन् ।
उनले अहिलेको गठबन्ध सरकारमा भएका पाँच वटा दलहरुमा अन्य ८÷१० दल मिसिए पनि एमालेका कर्ताकर्ता नआत्तिने बताएका छन् । उनले भने, ‘अहिले पाँच वटा दल छन् । ती पाँच वटामा अरु ८/१० वटा दुई चार जना मान्छे भएका पार्टीहरु मिसियो भने पनि एमालेको कुनै पनि कार्यकर्ता आत्तिनेवाला र चिन्ता लिनेवाला छैन । झन जनताको बिचमा पानी र माछो जस्तो गरि एमाले बसेको छ र त्यसैगरी अगाडी बढ्छ ।’
अहिले घेराबन्दी ज–जसको भएता पनि नेपाली जनताको विश्वास एमालेप्रति भएको हुँदा एमाले त्यसमा चिन्ता नगरेको पनि उनले बताएका छन् । एमालेलाई शसक्त नबनाइयो भने राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान नै कम्जोर भएका जाने उनले बतएका छन् । साथै उनले वर्तमान संविधानको संरक्षण र यसको विकास गर्न, परिमार्जन गर्न, राष्ट्रिय स्वाधिनतान र राष्ट्रलाई बलियो बनाउन एमाले शसक्त तीन करोड जनतामा २ करोड ८० लाख जनता एकतावद्ध भएर अगाडी बढेको उनले दाबी गरेका छन् ।
नेता बडालले अहिलेको गठबन्धन स्वार्थ केन्द्रित गठबन्धन भएको पनि आरोप लगाएका छन् । राष्ट्र निर्माण गर्न, देश विकास गर्न, जनताको हक अधिकारलाई स्थापित गर्न र समृद्ध नेपाल सुखी नेपाली बनाउने उद्देश्यले यो गठबन्धन नबनेको पनि उनले बताए ।