काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पौष २६ गतेबाट सुरु हुने भएको छ । खेल माघ ५ गतेसम्म चल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
मूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।
यस्तै समूह ’बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उद्घाटन खेलमा साविक त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल पुस २६ गते टियु क्रिकेट मैदानमा हुनेछ । टियुमा हुने दोस्रो खेलमा एपीएफ क्लब र प्रदेश २ बीच खेल हुनेछ ।
पहिलो दिन नै मुलपानीमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम भिड्ने छन् । दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी भिड्ने छन् ।
ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै क्यानले टी–ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनुमति दिएको क्यानले जनाएको छ ।
खेल तालिका :