काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीका कारण हाल देशका अधिकांश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्य देखि पूर्णताया बदली रही बाकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बिहीबार (आज) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेतसम्भावना रहेको छ ।
बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।