काठमाडौं । नेपालमा औपचारिक कामदारको तुलनामा अनौपचारिक कामदारहरू असमान रूपमा बढी जोखिममा रहेको एक अध्ययनले देखाएको छ । सामाजिक परिवर्तन केन्द्रले विभिन्न क्षेत्रमा काम गर्ने मजदुर, निर्माण क्षेत्रमा काम गर्ने ज्याला मजदुरी, घरायसी काम गर्ने महिला, सडकमा व्यापार गर्ने तथा कृषि क्षेत्रमा काम गर्ने कामदारहरुलाई समेटेर यो प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिवेदनअनुसार नेपालमा औपचारिक क्षेत्रका कामदारको तुलनामा अनौपचारिक क्षेत्रमा काम गर्दै आइरहेका कामदारहरू असमान रूपमा बढी जोखिममा रहेको देखिएको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुमा पुरुषको तुलनामा महिलाको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको छ ।
अहिले यो क्षेत्रमा महिलाको उपस्थिति ६६ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा अनौपचारिक रुपमा काम गर्ने पुरुष कामदारको तुलनामा महिलाहरू न्यूनतम पारिश्रमिक, कार्यस्थलको वातावरण तथा र कुनै पनि प्रकारको सामाजिक सुरक्षाबाट वञ्चित रहेको देखिएको छ ।
अनौपचारिक कामदारहरु आर्थिक, पेशागत तथा सामाजिक तथा राजनीतिक रूपमा पनि जोखिम बेहोरिरहेको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले आर्थिक जोखिमको सामना गरिरहेका छन् ।
बहुसंख्यक कामदारहरूको आम्दानीले आधारभूत आवश्यकता पूरा गरे पनि भविष्यका लागि रकम बचत गर्न नसकेको अध्ययनले देखाएको छ । सरकारले नेपालमा मजदुरको न्यूनतम पारिश्रमिक मासिक रुपैयाँ १५ हजार सुनिश्चित गरे पनि अनौपचारिक रूपमा काम गरिरहेका कामदारले त्यति बराबरको सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।