एजेन्सी । बलिउडका चर्चित कलाकारहरु मि टु अभियानको चपेटामा पर्न थालेका छन् ।
केही समयअघि म्युजिक डाइरेक्टर अनु मल्लिकलाई यौन शोषण गरेको आरोप लागेको थियो ।
यसलगत्तै बलिउडका चर्चित कलाकार आलोक नाथलाई पनि बलात्कारको आरोप लाग्यो ।
एक लेखक भिन्टा नन्दले आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाइन् । उनले दिएको उजुरिको आधारमा भारतिय प्रहरीले बुधबार आलोकबिरुद्ध मुद्धा दर्ता गरेको छ ।
मङ्गलबार भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा पुगेर आलोक नाथविरुद्ध उजुरी दिएसगै उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।
भारतमा सेलिबे्रटि, कलाकार, पत्रकार, बिधार्थीलगायतले मिटु अभियानमा सक्रियता जनाएका छन् ।
भारतिय गायीका स्वेता पण्डितले म्युजिक डाइरेक्टर अनु मल्लिकले आफुलाई यौन शोषण गरेको मि टु अभियानमार्फत खुलासा गरेकी थिइन् । जसका कारण मल्लिक चर्चित रियालीटि सो इन्डियन आइडलको जर्जको भुमिकाबाट बाहिरिएका छन् ।
मि टु अभियानका कारण भारतका अन्य केही कलाकार, राजनितिज्ञमाथि पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही गरिएकोे भारतिय प्रहरीले जनाएको छ ।
अमेरिकाबाट शुरु भएको मि टु अभियान अहिले बिश्वभर चर्चामा छ ।