काठमाडौं । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तुभित्र पर्दछ । यो सस्तो र सर्वसुलभ रुपमा पाउन सकिन्छ ।
स–साना बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् । फिजिसियन डा. भोजराज अधिकारीले अण्डा पोषणको प्याकेज भएको बताए ।
मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारीको भनाइ छ । चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ । शरीरको वृद्धि विकास, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्ने उनले बताए ।
अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बोहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ । यी दुईवटा कुरा कम हुन र प्रोटिन बढाउने कुरा अण्डा र कुखुराको मासुमा पाइने अधिकारी बताए ।
६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइने बताउँदै ‘दैनिक दुई वटा अण्डा खायो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइने उनले बताए । यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पु¥याउन सहयोग पुग्ने समेत डाक्टर अधिकारीको भनाइ छ ।
ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै उनले अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने तर्क छ। मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने भन्दै डा. अधिकारीले एउटा अण्डामा २०० मिलिग्राम कोलस्टोर हुने बताए ।
मस्तिष्क र मुटुलाई अण्डाले राम्रो गर्दछ । मानिसलाई आवश्यक अधिकांश पोषणतत्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिए।
शनिबार पोल्ट्री दिवस मनाउँदै गर्दा सचेतना जगाउने उद्देश्यले तीन दिनदेखि विभिन्न कार्यक्रम गरिँदै आएको छ । पोल्ट्री व्यवसायी मञ्चका सदस्य मदन पोख्रेलका अनुसार स्कुल, अस्पताल र वृद्धाश्रममा अण्डा वितरण गरिएको छ ।
सरकारले २०७० सालदेखि पौष १७ गतेलाई पोल्ट्री दिवस मनाउन सुरु गरेको हो ।