काठमाडौं । अंग्रेजी नव वर्ष २०२२ को अवसरमा चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना दिएका छन् । चाइना मिडिया ग्रुप तथा इन्टरनेटमार्फत उनले नव वर्षको शुभकामना दिँदै उनले चालू वर्षको यात्रा समग्रमा विश्लेषण गर्दा अत्यन्तै अर्थपूर्ण वर्ष रहेको बताएका छन् ।
उनले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको इतिहासमा कोशे ढुङ्गा स्वरुप ठूला घटनाहरुको अनुभव गरेको बताएका छन् ।
उनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको बेला सम्पन्न समाजको पूर्ण निर्माण पूरा गर्नु र नयाँ चीन स्थापना भएको एक सय वर्षको घडीमा समृद्ध, प्रजातान्त्रिक, सभ्य र मेलमिलापयुक्त समाजवादी आधुनिक मुलुकको निर्माण पूरा गर्ने २ वटा ‘सय वर्ष’ भन्ने लक्ष्य पूरा गर्ने प्रक्रिया जोडिएको बताएका छन् ।
उनले भनेका छन्, ‘चालू वर्षको यात्रा सिंहावलोकन गर्दा यो असाध्यै अर्थपूर्ण वर्ष रहेको मान्नुपर्छ। हामीले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको इतिहासमा कोशे ढुङ्गा स्वरुप ठूला घटनाहरुको अनुभव गरेका छौं। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको बेला सम्पन्न समाजको पूर्ण निर्माण पूरा गर्नु र नयाँ चीन स्थापना भएको एक सय वर्षको घडीमा समृद्ध, प्रजातान्त्रिक, सभ्य र मेलमिलापयुक्त समाजवादी आधुनिक मुलुकको निर्माण पूरा गर्ने २ वटा ‘सय वर्ष’ भन्ने लक्ष्य पूरा गर्ने प्रक्रिया जोडिएका छन् र हामीले सम्पूर्ण समाजवादी आधुनिक देश निर्माण गर्ने नयाँ यात्रालाई थाल्दै चिनियाँ राष्ट्रको महान पुनरुत्थानलाई साकार तुल्याउने बाटोमा टाउको उठाउँदै अघि बढिरहेका छौँ।’
साथै उनले सम्पूर्ण समाजवादी आधुनिक देश निर्माण गर्ने नयाँ यात्रालाई थाल्दै चिनियाँ राष्ट्रको महान पुनरुत्थानलाई साकार तुल्याउने बाटोमा अघि बढिरहेको बताउँदै साझा भविष्य निर्माण लागि सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् ।
उनले चालू वर्षको थालनीदेखि अन्तसम्म अन्नबालीको खेतीमा होस् वा उद्यममा वा आवास क्षेत्रमा, अस्पतालमा वा सैन्य क्याम्पमा वा वैज्ञानिक अनुसन्धानालयमा होस् सबैले वर्षभरि व्यस्तताका साथ योगदान दिएर उपलब्धी हासिल गरेका छौँ। तीब्र गतिमा बितिसकेको समयमा एउटा दृढ र समृद्ध चीनलाई देखेको बताए ।
राष्ट्रपति सी ले विदेशी नेताहरू र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूसँग गरेको टेलिफोन वार्ता र भिडियो वार्तामा उनिहरूले धेरै पटकसम्म चीनले महामारी विरूद्ध र विश्वमा महामारीको रोकथाम तथा नियन्त्रण गर्नका लागि दिएको योगदानको प्रशंसा गरेको बताएका छन् ।
हालसम्म चीनले १२० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोज कोरोना खोप उपलब्ध गराइसकेको उनले जानकारी गरएका छन् । साथै उनले विश्वका विभिन्न मुलुकबाट एकताबद्ध भई सहकार्य गरे मात्र मानव भाग्य समुदायको नयाँ अध्याय लेख्न सकिने कुरामा जोड दिएका छन् ।