काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् ।
जनजाति खुलातर्फ देउवा समूहका चिनकाजी श्रेष्ठले सबैभन्दा बढि मत प्राप्त गरेका छन् । श्रेष्ठले २ हजार, ३ सय, ८ मत प्राप्त गरेका हुन् । त्यस्तै महिलातर्फ देउवा पक्षकै सीता गुरुङले सर्वाधिक मत ल्याएका छन् ।
गुरुङले २ हजार, ३ सय, ७ मत पाएका हुन् । त्यस्तै देउवा पक्षका उमेश श्रेष्ठ २ हजार, १ सय,४४, बहादुरसिंह लामा २ हजार,१ सय, १४, दिलमान पाख्रिन १ हजार,९ सय, ७६, टेकबहादुर गुरुङ १ हजार, ९ सय, ६ , आङ्गेलु शेर्पा १ हजार, ८ सय,९८ र तारामान गुरुङ १ हजार, ८ सय,४८ मत ल्याएर निर्वाचित भएका छन् ।
आदिवासी जनजातितर्फ विजयी भएका टेकप्रसाद गुरुङ १७७८ भने कोइराला समूहबाट उम्मेदवार बनेका थिए । त्यस्तै, महिलातर्फ अन्जनी श्रेष्ठ २ हजार,१ सय २४, सरस्वती बजीमय २ हजार, ४८, गंगा लक्ष्मी १ हजार, ८ सय,५७, माया राई १ हजार, ८सय ७३, सीता कुमारी राना १ हजार,८ सय ३५ र सुशीला थिङ १ हजार,७ सय ९५ मत ल्याएर निर्वाचित भएका छन् ।