काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइरालाको अग्रता कायमै छ। हालसम्मको गणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्म गणना भएको २९९३ मतमा कोइरालाले २४४२ मत प्राप्त गरेका छन् ।
खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो। ज्ञानेन्द्रबहादुर कार्कीले १७६४, सुनिलबहादुर थापाले १५६६, रामहरि खतिवडाले १७७०, रमेश लेखकले १७८२, मोहनबहादुर बस्नेत १५२४, बालकृष्ण खाण १८५१, बलबहादुर केसी १५३८, नैनसिंह महर १५७१ मत प्राप्त गरेका छन् ।
यसैगरी, दिलेन्द्रप्रसाद बडुले १५४८, दीपक गिरी ११४८, जीपछिरिङ लामा १६५४, जितजंग बस्नेत १५९६, गोविन्द भट्टराई १५२४, गोपालमान श्रेष्ठ १६४६, गुरु बराल १२३४, डा. गोविन्दराज पोखरेल ११९१, एनपी साउद १८९६, कुन्दनराज काफ्ले १४३६, उदयशमशेर राणा १८०८, अर्जुननरसिंह केसीले १७१० प्राप्त गरेका छन्। शशांक, बलबहादुर, दिलेन्द्रप्रसाद, गोविन्दराज र अर्जुननरसिंह केसी शेखर कोइरालापक्षका उम्मेदवार हुन्।