काठमाडौं । नेकपा एमालेले देशका सातै प्रदेश कमिटी अध्यक्षको टुंगो गरेको छ। चितवनमा मंसिर १०-१४ सम्म भएको दशौँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटी बैठकले प्रदेशको जिम्मेवारी हेरफेर गर्दै नेतृत्व पनि तय गरेको हो।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले सातै प्रदेश अध्यक्षको नाम टुङ्ग्याएको हो।
प्रदेश अध्यक्ष
प्रदेश १ : तुलसी प्रसाद न्यौपाने
प्रदेश २ : रामअवतार यादव
बागमती : केशवराज पाण्डे
गण्डकी : नवराज शर्मा
लुम्बिनी : राधाकृष्ण कँडेल
कर्णाली : विनोदकुमार शाह
सुदूरपश्चिम : दामोदर भण्डारी
उपत्यका विशेष : प्रेम पराजुली
कसलाई के जिम्मेवारी ?
प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन्। प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा. कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव भएका छन्।
बागमती प्रदेश अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्ताैला चयन भएका छन् । गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी, मञ्जु अधिकारी र रश्मी आचार्य चयन भए। लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन भएका छन्।
कर्णाली प्रदेश अध्यक्षमा विनोदकुमार शाह चयन हुँदा उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा लालबहादुर महतरा, कमल शाही, रुपा शाही र टेकराज पछाई चयन भएका छन् । सुदुरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्ष कमल तिमिल्सिना, सचिव धर्मराज पाठक, सहसचिव बलदेव रेग्मी र भगिरथी योगी चयन भएका छन् ।
यस्तै उपत्यका विशेष अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन्। उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, सहसचिवमा उर्मिला सुनुवार र चन्द्र रिजाल चयन भएका छन्।