काठमाडौं । नेपाली कांग्रेसको कोइराला प्यानलबाट उपसभापतिका उम्मेदवार धनराज गुरुङले रुपान्तरणको लागि कोइराला प्यानलले नै जित्ने दाबी गरेका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै उनले कांग्रेसलाई बचाउन आफूले उम्मेदवारी दिएको पनि बताएका छन् । उनले आफूहरु कांग्रेसलाई रुपान्तरण गर्ने, बदल्ने तथा देशको मुहार बदल्ने अभियानमा रहेको बताएका छन् । आफूहरुको यो मुद्धा साझा भएका कारण पनि कोइराला प्यानलले जित्ने उनले दाबी गरेका छन् ।
‘हामी एउटा अभियानमा छौं । त्यो भनेको कांग्रेसको रुपान्तरण गर्ने अभियानमा छौं । यो कांग्रेसको रुपान्तरण गर्ने अभियानमा, कांग्रेसलाई बदल्ने र देशको मुहार बदल्ने अभियानमा हामी छौं । त्यसकारण हाम्रो यो मुद्धा साझा छ । शेखर कोइरालाले लिड गरेको यो प्यानलले यी मुद्धाहरु बोकेर अगाडि बढी रहेको छ । त्यसैले अहिले को कहाँ कसरी उठ्यो, को–को कता उठि रहेको छ,’ उनले भने, ‘उम्मेदवार भइरहेको छ भन्ने कुरा भन्दा पनि महत्वपूर्ण विषय भनेको कांग्रेसको उपान्तरण खोजेको छ मुलुकले, देशले, जनताले, कांग्रेसका प्रतिनिधिहरुले । त्यसकारण यो मुद्धाहरु बोकेर अगाडी बढ्ने र रुपान्तरण गर्न सक्ने क्षमता राख्ने, कौशलता राख्ने वैचारिक समूह भनेको डा शेखर कोइरालाको प्यालन हो । त्यसकारण यो प्यानल अगाडि बढिरहेको छ र बढ्छ ।’
त्यस्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिर नभइ आफूहरुसँगै रहेको बताउँदै पौडेललाई बाहिर तठस्थ बसेको भन्न नमिल्ने पनि बताए । अहिले व्यक्ति प्रधान भन्दा पनि एजेन्डा प्रधान प्राथमिकता दिएर मतदान गर्नुपर्ने उनले बताएका छन् । आफूहरुको प्यानललाई सबैको साथ र समर्थन भएका कारण सबैले मतदान गर्ने छन भन्नेमा विश्वस्त रहेको उनले बताए । कांग्रेसलाई रुपमान्तरण गर्ने हो भने आफूहरुको प्यानललाई मनदान गर्नुपर्ने उनले बताए ।
साथै उनले अहिले कस्मा कति उम्मेदवार भयो भन्नु भन्दा पनि एजेन्डाले प्यानललाई अगाडी बढाउने बताएका छन् । कांग्रेसलाई सवल, शक्षम बनाउन आफूहरुको प्यालनको विकल्प नरहेको पनि उनले औंल्याएका छन् ।
उनले आफ्नो टिम रुपमान्तरणको टिम भएको दाबी गरेका छन् । आफ्नो टिम कांग्रेसलाई रुपान्तरण गर्ने टिम भएका कारण यो टिमको अर्को विकल्प नरहेको उनको टिप्पणी छ । आफ्नो जत्तिको राम्रो टिम कतै नबनेको पनि उनले दाबी गरेका छन् ।