काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन प्रचारप्रसार समितिले विभिन्न जिम्मेवारी तोकेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे प्रचारप्रसार समितिले विभिन्न जिम्मेवारी तोकेको हो ।
समितिले डा सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस संघसंगठन समन्वय संयोजक, समीरजंग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारी बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजकको जिम्मेवारी दिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
त्यसैगरी रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडौं महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक संघसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र शृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ ।
महाधिवेशन अवधिभर १८ संयोजकहरुले सम्बन्धित जिम्मेवारी व्यवस्थित गर्ने जनाइएको छ । १४ औं महाधिवेशन केन्द्रीय प्रचार–प्रसार समितिको सचिवको जिम्मेवारी दिनेश थापा मगरलाई सुम्पिएको सचिव प्रकाश शर्माले जानकारी गराए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८ ०७:१९