काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिलो पटक चेतावनी दिने चिकित्सकको मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यम तथा विश्व स्वास्थ्य संगठनले उनको मृत्युको खबर दिएका थिए। तर, पछि वुहान केन्द्रीय अस्पतालले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य गम्भीर रहेको र उनको जीवन बचाउने हरसम्भव प्रयास भइरहेको बतायो ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ वेन लियागनले कोरोना भाइरसबाट संक्रमित भएको तथा ३० डिसेम्बरमा उनले आफ्नो साथी चिकित्सकलाई केही विरामीमा कोरोना भाइरसको लक्षण देखिएको चेतावनी दिएका थिए।
यसपछि स्थानीय प्रहरीले उसलाई नबोल्न र भ्रम नफैलाउन भनेका थिए। पछि चिकित्सक ली कै कुरा सत्य साबित ठहरियो । ३४ वर्षीय डा. ली वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ‘हिरो’को रुपमा देखाइएको छ। कारणः डा. लीले सही समयमै सबैलाई सचेत हुन भनेका थिए।
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६० पुगेको छ भने सरकारी तथ्याङ्क अनुसार २८ हजारभन्दा बढी मानिसहरु यो रोगबाट संक्रमित छन् । भाइरसको प्रकोप नियन्त्रण गर्न चीनले धेरै चीजमा अब कडाइ गर्ने घोषणा समेत गरेको छ।
स्थानीय मिडियाका अनुसार चीनको कैयौ ठूलो शहरमा घरबाट बाहिर साथै बसेर खाना खान समेत रोक लगाइएको छ भने ठूल्ठूला भवनमा लिफ्ट बन्द गरिएको छ। सरकारले कति मानिस एक पटकमा जान सक्ने भनेर पनि तोकिदिएको छ ।
के भनेका थिए डा. ली’ले ?
जब जनवरीको सुरुवातमा चीनको वुहान शहरमा एउटा नयाँ कोरोना भाइरसको खबर लुकाउने कोशिस भइरहेको थियो, त्यतिबेला वुहानमा एउटा चिकित्सक आफ्नो साथीलाई यसको बारेमा चेतावनी दिइरहेका थिए की यो निक्कै महामारी रोग हो।
यसले धेरैको जीवन बर्बाद गर्न सक्छ, मृत्युको मुखमा लैजान सक्छ। सतर्क रहनू। तर, त्यो भन्नबाट प्रहरीले उनलाई रोक लगायो।
केही हप्तापछि जब डाक्टर ली वेनलियाङ्गले अस्पतालमा आफ्नो कहानी एउटा भिडियोमार्फत सम्प्रेषण गरे, उनलाई साँच्चै नै नायकको रुपमा देखाउन थालियो।
भिडियोमा डा. लीले भनेका थिए, ‘म वुहान सेन्ट्रल अस्पतालमा आँखाको चिकित्सकको रुपमा काम गर्छु। मैले कोरोनाको संक्रमण नयाँ स्वरुपमा देखिइसकेको छु। यो निक्कै खतरनाक हुन सक्छ।’
उनले सात यस्तो इस्यू देखेका थिए जसमा श्वासप्रश्वासमा समस्या देखिने सार्स भाइरसको जस्तो लक्षण देखिएको थियो। सन् २००३ मा सार्स भाइरसले विश्वभर नै आतंक मच्चाएको थियो।
त्यही भाइरस वुहानको हुनान सीफूड बजारबाट फैलिन सुरु भयो र संक्रमित मानिसलाई सबैभन्दा पहिला अस्पतालमा राखियो । -एजेन्सी