काठमाडौं- माघ महिनाको २५ गतेबाट १३ जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधी खुवाईदै छ ।
नेपाल सरकारले सन् २०१८ सम्ममा नेपालबाट हात्तीपाईले रोग शुन्यमा झार्ने लक्ष्य लिएको थियो तर यो लक्ष्य पुरा हुन सकेको छैन् । अझै पनि नेपालका ६३ जिल्लाहरुमा हात्तीपाईले रोगको जोखिममा रहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्र्देशक डा. विवेक कुमार लालका अनुसार सन् २०३० सम्म भने नेपाललाई हात्तीपाईले रोग मुक्त देश बनाएर छोड्ने घोषणा गरेका छन् ।
यो वर्ष झापा, धनकुटा , मोरङ, बारा लमजुङ,पर्वत , बागलुङ,कपिलबस्तु, दाङ, बाँके , बर्दिया, ,कैलाली र कन्ञनपुर गरि १३ जिल्लामा आउँदो २५ गते हात्तीपाइले विरुद्धको औषधी खुवाइदै छ । जसमा १३८ पालिकाहरु रहेका छन् भने ७४ लाख ६१ हजार जनसंख्यालाई लक्षित गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै समयमै हात्तीपाइले रोगको पचिान र उपचार गर्न नसकेको खण्डमा एकबाट अर्कोमा सर्दै जाने क्रम बढ्ने भएकाले यसलाई नियन्त्रणमा ल्याउन पनि उत्तिकै गाह्रो हुने विज्ञहरुले बताए ।
हात्तीपाईले मानिसलाई शारीरिक रुपमै अशक्त र अपागं बनाउने सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ र यो रोग पोथी लामखुटे्को टोकाइबाट सर्ने गर्दछ । मानिसको शरिमा यो परजीवी प्रवेशगरेको केहि वर्षपछि मात्र यसको लक्षण देखिने गर्दछ ।
यो रोगबाट बच्नका लागि र सुरुवाती चरणमै पूर्ण रुपमा निको पार्न नेपालका विभिन्न जोखिमपूर्ण जिल्लाहरुमा सरकारले राष्ट्रिय आम औषधी कार्यक्रम संचालन गर्दै आईरहेको निर्र्देशक डा विवेक कुमार लालले बताए ।
उनि भन्छन् 'हात्तीपाईले रोग विरुद्ध खुवाइने औषधी बारे जनमानसमा नकारात्मक प्रभाव परेको छ यो औषधी परिक्षणका लागि खुवाइदै छ भन्ने भ्रम रहेको छ यो नितान्त गलत कुरा हो किन भने हात्तीपाइले विरुद्ध खुवाइने औषधी विश्वभर सर्यौ वर्षबाट खुवाइदै आइरहेको छ ।' ,'यो रोगबाट बच्न दुई थरी औषधीहरु प्रयोग हुन्छन् जुन पूर्ण रुपमा सुरक्षित छन् । हाल सम्म विश्वभर अरबौं मात्रामा र नेपालमा पटक पटक गरि ११ करोड भन्दा बढि मात्रामा यी औषधी खुवाइसकिएको छ ।'
हात्तीपाईले रोग विरुद्धको औषधी कस्ता व्यक्तिले सेवन गर्ने र नगर्ने ?
सेवन गर्ने
आम औषधी सेवन कार्यक्रम संन्चालन हुने जिल्लाहरुमा बसोबाब गर्ने औषधी सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधी सेवन गर्नु पर्छ ।
सेवन नगर्ने
दुईवर्ष उमेर नपु्गेका बालबालिकाहरु , गर्भवति र सात दिन सम्ममा सुत्केरी तथा सिकिस्त बिरामीहरु जस्तै ः क्यान्सर , मुटु रोगी , कलेजो रोगी , मृगौला रोगी , फोक्सोको दिर्घ रोगी , छारे रोगी , २४ घण्टा भित्र ज्वरो आएको तथा कडा कुपोषण भएका ५ वर्ष मुनिका बालबालिकाहरुले यो औषधी सेवन गर्नु हुर्दैन ।
हाल ५० देशका ८५.६ करोड मानिसहरु यस रोगको जोखिममा छन् । सन् २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका छन् ।
हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा ध्यान दिनु पर्ने कुराहरुः
यो औषधी खाली पेटमा खानु हुदैन् । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ । यदि त्यस्तो भएमा औषधीले प्रभावकारी काम गर्दै छ भन्ने बुझ्नु पर्दछ । तर लामो समय सम्म यस्ता लक्षण रहिरहेमा नजिकैको स्वास्थ्य केन्द्रमा जानु पर्छ ।