काठमाडौं । नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । शर्माले ६१२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पर्वतका अर्जुन जोशीले ५२८ मत पाएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय शर्मा विजयी हुँदा गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का महामन्त्रीमा पराजित भएका छन् ।
खड्का संस्थापनपक्षीय सभापतिका प्रत्यासी अर्जुन जोशीको प्यानलबाट महामन्त्रीका प्रत्यासी थिए। उनले ५५६ मत मात्रै प्राप्त गरे ।
महामन्त्रीमा विजयी विष्णुप्रसाद लामिछानेले ५६७ मत प्राप्त गरी विजयी भए । उनी नवलपुरका हु्न्। २ महासचिवमध्ये किरणबाबु श्रेष्ठले ५७३ मत प्राप्त गरे ।
प्रवक्ता कुमार पराजित हुँदा उनकै समूहबाट उपसभापतिका प्रत्यासी रहेका गण्डकीका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने विजयी भएका छन् । मेखलालले ५४८ मत पाए ।
उनका प्रतिद्वन्द्वी बागलुङका हरिप्रसाद श्रेष्ठले ५४८ मतमा चित्त बुझाए। २ जना सभापतिमा स्याङ्जाकी कल्पना तिवारीले ६२४ मत प्राप्त गरिन् ।
सहमहामन्त्रीमा महिलातर्फ कास्कीकी कोपिला रानाभाट ५५२ मतसहित विजयी बनिन् । उनकी प्रतिस्पर्धी गण्डकी सांसद ओमकला गौतमले ५१४ मत ल्याइन् ।
ओमकला संस्थापन पक्षीय हुन्। बाँकी २ सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे र पर्वतका रामचन्द्र जोशी विजयी बने। पौडेलपक्षीय उनीहरुले क्रमशः ६१८ र ५६९ मत प्राप्त गरे ।