काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री भुवन पाठकले अहिलेको अवस्थामा कमल थापा नै पार्टीको अध्यक्षको लागि उपयुक्त रहेको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै पाठकले कमल थापाले अहिले पार्टी चलाउन सकेन भन्ने आरोप मात्रै उनले बताएका छन् । पार्टी अवस्थमा पुग्नुमा थापाको नभइ विविध कारणहरु जिम्मेवार रहेकाले त्यो कुरामा कुनै सत्याता नरहेको उनले बताएका छन् । प्रतिस्प्रर्धीले स्वभाविक रुपमा एउटा नएउटा आरोप लगाउने गरेको उनले बताएका छन् ।
कमल थापा सत्ता स्वार्थका लागि हिड्ने मान्छे हो भन्ने राजेन्द्र लिङ्देनले दिएको अविव्यक्तिमा कुनै सत्याता नरहेको उनले बताए । उनले कुनै एउटा पुस्ताको कारणले मात्रै पार्टी चल्न नसक्ने पनि बताएका छन् ।
‘यो पुस्ताको कुरा होइन । पार्टी भनेको कुनै एउटा पुस्ताको कारणले मात्रै चल्दैन् । पार्टीमा सबैको आवश्यकता पर्दछ । सबै वर्ग, सबै पुस्ता एउटै ठाउँमा बसेर मिलेर पार्टीलाई बताउनु पर्छ,’ उनले भने, ‘अहिले परिस्थिति झन फरक छ । किनभने, हाम्रो अगाडी स्थानीय निकायको चुनाव छ । संसदको निर्वाचन छ । यो दुईवटा निर्वाचन हाम्रो पार्टीको लागि अत्यन्तै महत्वपूर्ण छ । यो अवस्थामा पुस्ता हस्तान्तरणको कुराहरु गर्नुभन्दा पनि सबै एक ठाउँमा आएर, मिलेर अहिलेको महाधिवेशनलाई सफल पार्नुपर्छ ।’
उनले अहिले एकताको महाधिवेशनलाई साँच्चिकै एकताको महाधिवेशन बनाएर गयो भने पार्टी सशक्त हुने र आगामी निर्वाचनमा शक्तिशाली उपस्थिति हुने उनले बताए । तर, अहिले एकअर्कालाई दोषारोपण गर्ने, एकअर्कालाई थिचामिचो गरेर सफल हुन नसक्ने उनले बताए ।
नेपालमा राजसंस्था पुनःस्थापना होस भन्ने चाहनेहरु र संघीयता खारेज होस् भन्ने चाहनेहरुले यतिबेला पार्टीविरुद्ध भ्रम छर्ने काम मात्रै गरेको उनले आरोप लगाएका छन् ।