काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीको महाधिवेशनअन्तर्गत सोमबारदेखि प्रतिनिधिको निर्वाचन सुरु हुँदैछ । मंसिर १५ गतेदेखि १७ सम्म काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना हुँदैछ ।
महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २९७० प्रतिनिधि छनोटका लागि मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाले जनाएको छ ।
राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनौट गर्नेछ, जसअनुसार ३ खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरी नौ जना निर्वाचित हुनेछन्।
यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको प्रचार संयोजक मोहन श्रेष्ठले बताए ।
राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरी ४५ सय महाधिवेशन प्रतिनिधि हुनेछन् ।