काठमाडौं । नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार ७४ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन भएका जिल्लामध्ये केही जिल्लाबाट मत परिणाम सार्वजनिक हुन थालेको छ ।
इलामः
इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन्। उनी २२९ मतसहित विजयी भएका हुन्। शनिबार बिहान प्राप्त ’अन्तिम मत परिणाम’अनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी भएका छन्। उनीहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गरे । सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भएका छन्। उनीहरुले क्रमशः २६७ र २२४ मत प्राप्त गरेका छन् ।
सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की जिजयी भएका छन्। उनीहरुले क्रमशः २७० र २५६ मत प्राप्त गरेका छन् । जिल्लाका अन्य स्थानको मत परिणाम आइसकेको छैन। अन्य स्थानको भने मत गणना भइरहेको छ।
तनहुँः
तनहुँका दुई प्रदेशसभा क्षेत्रमा कांग्रेसको नेतृत्व चयन भएको छ । एउटामा मतदानमार्फत् र अर्कोमा निर्विरोध नेतृत्व चयन भएको हो । तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन्। शुक्रबार राति सम्पन्न मतगणनाबाट २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका छन् ।
यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा भने मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को कांग्रेस सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन्। यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ (ख) र तनहुँ क्षेत्र नम्बर २ (क) मा भने मतगणना भइरहेको छ ।
पाल्पाः
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनबाट राना सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भीमबहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन भएका छन् ।
अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधिसमेत चयन भएका छन्। खुल्लातर्फ उमनाथ अर्याल, किशोर पङ्गेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शङ्करबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए ।
त्यस्तै, खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुणकुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसङ्ख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भएका छन्।
दाङः
दाङमा कांग्रेसका ९ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार भएको मनोनयन दर्ता पश्चात् ९ जना निर्विरोध निर्वाचित भएका हुन्। जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चूर्णबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, निर्वाचन क्षेत्र ३ (ख) मा थारुतर्फकै मधु चौधरी, आदिवासी जनजातितर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुवकुमार पुन, खसआर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन्। मुस्लिमतर्फका प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएकी छन्। उनी क्षेत्र २ (ख) अन्तर्गत हुन्।
खस आर्यतर्फबाट निर्वाचन क्षेत्र १ को (ख)बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका बीना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
पोखरा
पोखरामा कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी कोइरालालाई १७ मतले पराजित गरेका हुन् । सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए ।
उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् । १ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।
उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ । अबेर राति सकिएको मतगणना अनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए ।
२ (क) मा दिनेश आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन् । आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मत मात्रै पाए ।
उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका हुन् ।
प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।
क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।
३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन् । उनले निकटतम प्रतिश्पर्धी दिपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन् । पौडेलको २२७ र कुँवरको १२४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।