‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति बाक्लो थियो । चलचित्र ‘प्रसाद’ ले प्रमुख विधामा अवार्डमा पाँच विधामा अवार्ड जितेको छ । स्वस्तिमा खड्काले पब्लिक च्वाईस अवार्ड पाइन् भने ‘साइँली’ बाट दयाहाङ राईले सह-अभिनेताको अवार्ड हात पारे । सह-अभिनेत्रीको अवार्ड प्रियंका कार्कीलाई ‘नाइँ नभन्नू ल ५’को लागी दिइयो । ‘ए मेरो हजुर ३’ बाट सुहाना थापा नव-अभिनेत्रीको अवार्ड तथा ‘बोबी’ बाट उमेश थापा नव-नायकले पाए । चलचित्र क्षेत्रलाई नै योगदान दिने दुई चलचित्र कर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई यो अवार्ड प्रदान गरिएको हो । समारोहमा ‘पुष्करलाल मिडिया अवार्ड’ बाट आर । के मानन्धरलाई सम्मानित गरियो । कार्यक्रममा नायिका करिश्मा मानन्धर, पूजा शर्मा, स्वस्तिमा खड्का, सुहाना थापा, मेनुका प्रधान, निर्देशक दीपाश्री निरौला, झरना थापा, दिवाकर भट्टराई, केदार घिमिरे, जितु नेपाल, नायक भुवन केसी, रमेश उप्रेती, धिरेन शाक्य, पल शाह, गौरव पहारी, प्रशान्त ताम्राकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नायक राजेश हमाल, गौरी मल्ल लगायतले गरेका थिए ।
अवार्ड विजेताको सुची यस प्रकार रहेको छ ।
फिल्म : प्रसाद
निर्देशक : दिनेश राउत (प्रसाद)
अभिनेता : विपिन कार्की (प्रसाद)
अभिनेत्री : नम्रता श्रेष्ठ (प्रसाद)
कामना पब्लिक च्वाईस अवार्ड : स्वस्तिमा खड्का
सह-अभिनेता : दयाहाङ राई (साइँली)
सह-अभिनेत्री : प्रियंका कार्की (नाइँ नभनू ल ५)
डेब्यू नायक : उमेश थापा (बोबी)
डेब्यू नायिका : सुहाना थापा (ए मेरो हजुर ३)
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
कथाकार : खगेन्द्र लामिछाने (डमरुको डण्डीबियो)
डेब्यू निर्देशक : छेतेन गुरुङ (डमरुको डण्डीबियो)
खलपात्र : प्रमोढ अग्रहरी (कथा काठमाण्डु)
सम्पादक : निमेष श्रेष्ठ (डमरुको डण्डीबियो)
पटकथा : शुशिल पौडेल (प्रसाद)
संवाद : दीपकराज गिरी (छक्का पञ्जा ३)
हाँस्य कलाकार : केदार घिमिरे (छक्का पञ्जा ३)
बाल कलाकार : सेड्रिना शर्मा (नाइँ नभनू ल ५)
कोरियोग्राफर : कविराज गहतराज (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : शुक्रराज शाह (भिलेन)
पाश्र्व संगीत : एलिश कार्की (डमरुको डण्डीबियो)
संगीतकार : बसन्त सापकोटा (नाई नभनु ल ५)
गीतकार : दिनेश थपलिया - तिम्रो आँखामा (नाइँ नभन्नू ल ५)
गायक : हेमन्त राना मगर (साइँली)
गायिका : अन्जु पन्त - सँगसँगै (बाँध मायाले)
सिनेमाटोग्राफर : पुरुषोत्तम प्रधान (नाइँ नभन्नू ल ५)
ध्वनी मिश्रण : सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
श्रङ्गार : श्याम लामा (चक्कर)
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ