यो नेपाली कांग्रेसको महाधिवेशन हो । यहाँभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत सबै छन् । प्रतिस्प्रर्धा हुँदा लोकतन्त्रमा उत्तर कोरियाको या एमालेको अथवा प्रचण्डको पार्टी होइन, यो लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हुन्छ । तर यो नेपाली कांग्रेसको महाधिवेशन हो । तपाईले उत्तर कोरियामा पार्टीमा यस्तो प्रतिस्प्रर्धा सुन्नु हुन्न । एमालेभित्र पार्टीभित्र प्रतिस्पर्धा सुन्नु हुन्न । माओवादीभित्र पनि सुन्नु हुन्न । किन सुन्नु हुन्न भने, हिजो राजतन्त्र हुँदा पनि पञ्चायती व्यवस्था मान्नेहरुबीचको प्रतिस्प्रर्धा सुन्नु हुन्नथ्यो । उहाँहरुबीचको प्रतिस्पर्धा हुन्थ्यो हुन्नथ्यो भन्ने कुरा जनतालाई थाहा हुँदैनथ्यो । त्यही भएर उहाँहरु राजतन्त्रवादीहरु, कम्युनिष्टहरु उनीहरुको स्कूलिङ नै त्यही हो ।
हाम्रो लोकतान्त्रिक पार्टी हो । हाम्रो लोकतान्त्रिक पार्टीमा स्वभाविक रुपले पक्ष र विपक्ष हुन्छ । त्यही भएर यो कुरा हाम्रो बाहिर आउँछ । हामीले जनतासँग छलेर गर्नुपर्ने कुरा केही छैन । सबैकुरा जनताको माझमा आउने भएको कारणले यस्तो देखिएको हो । यो नेपाली कांग्रेसको महाधिवेशन हो । नेपाली कांग्रेसको उद्घाटनसम्म पुग्दा सम्पूर्ण रुपले सबै समास्याको समाधान हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।
सुरुमा सानेपामा अनसन कति किसिमको थियो ? आज हुँदाहुँदै डडेल्धुराको मात्रै अनसन बाँकी छ । अब यो कुराको पनि सम्बोधन हुन्छ । अधिवेशन उद्घाटन सत्रमा पुगुन्जेल सबै कुराको समस्याको समाधान हुन्छ । यो जनताको पार्टी हो । चोरी औंला देखाउनेको पनि नेपाली कांग्रेस पार्टी हो । नेपाली कांग्रेसलाई मतदान गर्ने क्रियाशील सदस्य नलिनेको पनि यो पार्टी हो ।
नेपाली कांग्रेस सबैको हो । यो विधान अन्तरगत चल्दछ । समूह भनेको स्थायी रुपले हुँदैन, पार्टी स्थायी हुन्छ । पार्टी स्थायी हुने कुरा सत्य हो तर, समूह स्थायी हुने कुरा असत्य हो । नेपाली कांग्रेको सुरुवातदेखि आजसम्म हेर्दा कुनै समूह पनि स्थायी छैन । त्यही भएर नेतृत्वमा आकांक्षी आउनु भनेको राम्रो कुरा हो । यतिबेला अन्य पार्टीहरुको पनि अधिवेशन भएको छ । सभापति को हुने पहिल्यै निश्चित छ । तर, नेपाली कांग्रेसको निश्चित छैन । यही नै हो नेपाली कांग्रेसमा निश्चित हुँदैन । र, नेपाली कांग्रेसभित्र महाधिवेशनसम्म यस्ता कुराहरु रहिरहन्छ । यो राम्रो कुरा पनि हो । समूह महाधिवेशन केन्द्रित हुन्छ । हरेक महाधिवेशनमा यी समूहहरु फेरबदल हुन्छन् । यो स्वभाविक प्रक्रिया हो । यो त्यति ठूलो विषयवस्तु पनि होइन् ।
राजनैतिक एजेन्डाका कुराहरुमा, जनताका सरोकारका विषयमा कांग्रेसले छलफल गर्नुपर्छ । ती एजेन्डा लिएर फरक–फरक नेताहरुले मैले गर्न सक्छु भनेर आम कार्यकर्ताहरुमा महाधिवेशनको प्रतिस्प्रर्धामा आइरहनु भएको छ, त्यो उहाँहरुको एजेण्डा हेरेर तथा नेतृत्व क्षमता हेरेर तय गरिन्छ ।
कांग्रेस भनेको युवाहरुको पार्टी हो । नेपाली कांग्रेस पुरानो पार्टी हो यसमा दुई मत छैन । नेपाली कांग्रेस नेपालको मियो पार्टी हो । यसमा पनि दुई मत छैन । तर, नेपाली कांग्रेस सधैं युवाको पार्टी हो । कांग्रेस सैद्धान्तिक कुराले सधैं युवाहरुकै पार्टी हो । त्यही भएर पछिल्लो समय युवा पुस्ताको कांग्रेसको आकर्षण पनि बढि रहेको छ । म नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मैले अहिले यो प्यानलबाट उठ्ने भनेर भनेको छैन ।
म राजनीतिमा समूहगतरुपले संस्थागत विकास गर्नु हुन्न समूह सैद्धान्तिक हुनुपर्छ । समूह वैचारिक हुनुपर्छ । समूह प्रगतिशील हुनुपर्छ भन्ने चिन्तनको मान्छे हो । कुन समूहमा जाने भन्ने कुरा अहिले निर्धारण भइसकेको छैन । सडक कुराहरु, जनताका कुराहरु कांग्रेसको नीति निर्माणमा पुर्याउनका लागि र समृद्ध नेपालको नेतृत्व नेपाली कांग्रेसले गर्नका लागि मेरो उम्मेदवारी हो । मलाई नदिने कुनै कारण नै छैन । सबै देशभरिका अग्रज तथा साथीहरुले मलाई मतदान गर्नुहुनेछ । किन गर्नुहुनेछ भने, मैले गरेको विद्यार्थी आन्दोलन, दोलखा जिल्लामा मैले गरेको कामको आधारमा नेपाली कांग्रेसका देशभरीका साथीहरुले, देशभरीका अग्रजहरुले मलाई मतदान गर्नुहुनेछ । र, नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउनको लागि, कांग्रेसलाई थप प्रगतिशिल, थप क्रान्तिकारी र नेपाली कांग्रेसभित्र भएका गलत कुराहरुको सफाइ गर्नको लागि म उपयुक्त छु त्यही भएर मलाई देशभरीका साथीहरुले मतदान गर्नुहुनेछ ।
(नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका आकांक्षी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले क्यापिटल एफएमको नियमित कार्यक्रम फ्रन्टलाइनसँग गरेको कुराकानीमा आधारित)