काठमाडौं - जाडो महिनामा हिटर जस्ता इलेक्टोनिक उपकरणहरुको प्रयोग बढि मात्रामा हुने गर्छ । यस्ता उपकरण हरेक घर वा अफिसमा प्रयोगमा ल्याइन्छ ।
धेरैजसो मानिसहरुले बन्द कोठाभित्र यस्ता उपकरण प्रयोग गर्ने गर्दछन् । यसरी बन्द कोठाभित्र इलेक्टोनिक उपकरणहरुको प्रयोग गर्दा अक्सिजनको मात्रा कम हुन्छ । जसका कारण निसास्सिएर मानिसको ज्यान समेत जान सक्छ । हामीले समय समयमा बन्द कोठाभित्र हिटरको प्रयोगले अक्सिजनको मात्रा कम भई ज्यान गुमाएका घटना सुनिरहेका छौं ।
बन्द कोठा भित्र यस्ता इलेक्टोनिक उपकरणहरुको प्रयोग गर्दा अक्सिजन कमी भई रिगंटा लाग्ने, टाउको दुख्ने, ध्यान दिन नसक्ने, आँखा धमीलो हुने जस्ता लक्षण देखापर्छ । यस्ता लक्षण सुरु हुदाँ सचेत भएर खुल्ला ठाउँमा गए समस्याबाट राहत पाउन सकिन्छ । भने यस्ता लक्षण देखिए पश्चात पनि बन्द कोठाभित्र बसेमा बेहोस हुने वा बेहोस भएको अवस्थामा नै मुत्यु हुन सक्छ ।
जाडोको समयमा हिटर प्रयोग गर्न सकिन्छ तर हिटरको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनुपर्छ ।
इलेक्टोनिक उपकरणहरुको बन्द कोठामा प्रयोग नगर्ने । यदि प्रयोग गर्नै परेमा हावाको आवतजावत हुने गरी झ्याल ढोका खुल्ला राखेर प्रयोग गर्नुपर्छ ।
राती सुत्ने बेलामा यस्तो सामाग्रीको प्रयोग नगर्नु राम्रो ।
लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउँन सक्छ । त्यसैले लामो समय सम्म हिटर नजिक बस्नु हुदैन ।
सुत्ने बेलामा हिटर बालेर सुत्नु हुदैँन ।
बालबालीकाको पहुँचबाट टाढा राख्नुपर्छ ।