अमेरिकी हवाई आक्रमणमा इरानको क्विड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् ।
इराकको राजधानी बगदादमा अमेरिकी सेनिकले गरेको हवाई हमलामा सुलेमानीसहित पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमान्डर अबु मेहदी पनि मारिएका अमेरिकी रक्षा विभागले जनाकारी दिएको छ ।
भ्वाइस अफ अमेरिकाले उच्च इरानी राजनीतिज्ञ तथा सुरक्षा अधिकारीको हवाला दिदैं सुलेमानी र मेहदी मारिएको जनाएको छ । इरानको राज्य नियन्त्रित टेलिभिजनले पनि उनीहरु मारिएको जनाएको छ ।
‘यो हवाइहमला भविष्यमा इरानले गर्नसक्ने हमलाका योजनालाई रोक्ने उदेश्यले गरिएको हो । जहाँ भएपनि अमेरिका आफ्ना नागरिकको रक्षाका लागि आवश्यक कुनै पनि कारवाही गर्न लागिरहनेछ’, अमेरिकाले भनेको छ ।
यस हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा अमेरिकी झण्डाको तस्विर ट्विट गरेका छन । अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको वक्त्वयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनमाले अमेरिकाको सुरक्षाका खातिर यो रक्षात्मक कारवाही गरेको जनाएको छ ।