काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अर्वाड २०७८’ को आयोजना हुने भएको छ । आयोजक टिम ड्रिम हाइ नेपाल प्रा.लि. ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पौष २३ मा अवार्ड कार्यक्रम हुने घोषणा गरेको हो ।
आयोजक टीमका अनुसार नेपाल भिडिया अवार्ड २०७८ मा विभिन्न विधाका २५ भन्दा बढी सम्मान प्रदान गरिने छ ।नाकाबन्दी, भूकम्प र कोरोना महामारीको समयमा सूचना प्रभाह गर्न अहोरात्र खटिने सञ्चारमाध्यम, सञ्चारकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागेको टीम ड्रिमले जनाएको छ ।
जसको लागि एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार मानिने पनि आयोजकले जनाएका छन् । राजधानी केन्द्रित नभएर सातै प्रदेश र महासङ्घ अन्तर्गतका एसोसिएट र प्रतिष्ठान प्रदेश अन्तर्गतका पत्रकारलाई समेत अवार्डमा सहभागी गराइने बताइएको छ ।
टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर पुरस्कृत गरिने प्रालिका निर्देशक कमल जिसीले जानकारी दिए ।
टेलिभिजनतर्फ उकृष्ट टेलिभिजन समाचार वाचक, उकृष्ट समाचार च्यानल, उकृष्ट टक सो, उकृष्ट रिपोटरलाई सम्मान गरिने छ । यस्तै सबैभन्दा राम्रो कार्यक्रम, सबैभन्दा राम्रो कार्यक्रम निर्मातालाई सम्मान गरिने छ ।
यसैगरी उकृष्ट पत्रकारतर्फ पुरुष र महिला गरी दुईजनालाई सम्मान गरिने छ । अनलाइन पत्रकारिता, रेडियो एफ.एम. पत्रकारिताअन्तर्गत विभिन्न विधामा सम्मान गरिने छ ।