सप्तरी । दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भोलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् ।
तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् ।
राजविराज–१ कि २५ वर्षीया सुनिता रजकले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेको बताइन ।
उनी भन्छिन्, झचढाउने सामग्री चिउरा, फलफुल, दही, चिनी किनीसकेकी छु। एक हप्ताअघिदेखि नै साँझको खाना खाइसकेपछि वल्लो घर र पल्लो घरका छिमेकीहरू एकै ठाउँमा बसेर दाजुभाइलाई आशिष दिँदै गीत गाउने गरिरहेका छौँ । राजविराज नगरपालिका–६ की रमिला साहका अनुसार समाचकेवा मुख्य दिन भने भोलि कात्तिक पूर्णिमा हो ।
उनले थपिन्,झयो पर्व दाजुभाइ दिदीबहिनीबीच अटुट प्रेम स्थापना गर्ने माध्यम समेत हो।ञ राजविराज नगरपालिका–८ की रूपा चौधरीले थारू समुदायले सामाचकेवा १५ दिन अघि बनाउने र प्रत्येक दिन रातिराति सबैले बनाएको सामाचकेवा एकै ठाउँमा आँगनमा राखेर छिमेकीहरू एक ठाउँमा भेला भई दाजुभाइको दीर्घायूको लागि गीत गाउन र रमाइलो गर्ने चलन छ।
कात्तिक पूर्णिमाका दिन पूजापाठ गरी विधिवत रूपले पोखरी, तलाउ, नदीमा सेलाउने चलन रहेको उनले बताइन् । उनले थपिन्, झमाटोले बनाएको मुर्तिमध्ये चुग्ली गर्ने चुग्लालाई आगो लगाई जलाइन्छ । खरले बनाइएको बृन्दा वनमा आगो लगाएर दाजुभाइले निभाउँदै छ भन्ने गीत गाउँदै समापन गरिन्छ।’
त्यही स्थानमा सबै साथीसंगी मिलेर दही चिउरा, मिठाइँ बाँडेर प्रसादको रूपमा खाई फर्किने चलन छ। यो चाड मधेशका समुदाय र थारूको संस्कृति र पहिचानसँग समेत जोडिएको चौधरीको भनाइ छ ।