यतिबेला हाम्रो मातृ पार्टी नेकपा एमालेले ऐतिहासिक महाधिवेशनको संघारमा उत्रिएको छ । यो मंसिर महिनाको आज सुरुवाती दिन पनि हो । हामी १० देखि १२ मा चितवनमा महाधिवेशन सम्पन्न गर्दैछौं । हामीले विधानको महाधिवेशन सम्पन्न गरिसकेका छौं । पूर्णत यो महाधिवेशनबाट हामीले नेकपा एमालेको नयाँ नेतृत्व नयन गर्नेछौं । त्यो नेतृत्व जसले नेपालको राजनीतिमा जुन खालको कालो बादलहरु मडारिएको छ । त्यो कालो बादललाई हटाएर नयाँ बिहानीको सुरुवात गर्न सक्ने, क्षमता योग्य, नेपालको मात्र नभएर अहिले दक्षिण एसियामा जसरी एउटा लोकप्रियताको कमाएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिपक्षमा छन् । यद्यपी, विभिन्न खालका गठबन्धन बनाएर प्रहारको प्रमुख केन्द्रबिन्दू नेकपा एमालेलाई बनाइन्छ । कारण के हो भने एमालेको प्रगतिबाट मात्रै देशको प्रगति सम्भव छ । र, एमालेको लोकप्रियतालाई सहन नसक्ने शक्तिहरुबाट जुन खालको हर्कत भएको छ, त्यो हर्कतलाई हामीले समय आएपछि जवाफ सेमत दिनेछौं । त्यो जवाफ दिने क्रममा हामीले सर्वसम्वतरुपमा नेतृत्व चयन गरेर नेकपा एमालेको ऐतिहासिक महाधिवेशन सम्पन्न गर्न गइरहेका छौं । यसको अर्थ पार्टीको वर्तमान अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले अझ उचाईंमा पुग्ने छ र, सर्वस्व रुपमा नेकपा एमालेको नेतृत्व चयन गर्ने बिषयमा हामीले आन्तरिक छलफलहरुलाई समेत गहन ढंगले आगाडि बढाइरहेका छौं ।
हाम्रो पार्टीको अध्यक्षलाई जनस्तरबाट जसरी ‘बा’ भनेर सम्बोधन गरिएको छ, त्यो सम्बोधन उहाँले गर्नु भएको काम र उहाँको व्यक्तित्वको कारणले गर्दा उहाँले पाउनु भएको सम्मान हो ।
पार्टी नेतृत्वलाई ‘बा’ भन्नुको अर्थ हामीले पार्टीलाई पूर्णरुपमा ‘बा’ संस्कारमा लग्न आँट्यो भन्ने भ्रामक प्रचार भइरहेको छ । त्यो होइन पार्टीको नेतृत्वलाई मान्ने क्रममा आदरार्थी शब्द प्रयोग गर्ने क्रममा ‘बा’ को उपाधी उहाँलाई स्वीटेवल भयो र उहाँलाई भनिएको हो ।
अहिले जनमत केपी शर्माको कारण गुमेको हो कि भन्ने चर्चा पनि बेला–बेलामा हुने गरेको छ । जनमत केपी ओली शर्माको कारणले गुमेको होइन । गत निर्वाचन सम्पन्न भइसकेपछि आएको निर्वाचन परिणामलाई स्वीकार्न नसक्ने शक्तिहरु तपाईले सुन्न भएको छ होला, कृष्ण सिटौला र अमृत सिंहहरु बारम्बार प्रचण्ड निवासमा उहाँलाई बोलाएर केपी ओलीको नेतृत्वमा सरकार बन्न नदिनका लागि त्यति बेला नै प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुलाई निस्तेज बनाएर हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । त्यो बनेकै दिन सरकारलाई ढाल्नका लागि अनेकन दुस्प्रयासहरु भएका थिए । ती दुस्प्रयासहरु यस कारण सफल हुन सकेन कि, हाम्रो पार्टीका नेतृत्व सही ठाउँमा उभिनु भएको थियो । तर, विडम्बना हाम्रै पार्टीका केही नेतृत्वहरुलाई, नेतृत्व तहमै भएका व्यक्तिहरुमा विचलन आयो । उहाँहरु विक्रीमा पर्नुभयो । र, हाम्रो पार्टीमा घरभित्रैबाट प्रहार सुरु भइसकेपछि पार्टी शुद्धिकरणको अभियानमा हाम्रो सरकार ढलेका हो । भन्नुको अर्थ नेकपा एमाले ढलेको होइन । विचारहरु बाहिरिएका छन् । यसको अर्थ पार्टी बलियो बनेको छ ।
निदाएको मान्छेलाई ब्यूझाउन सकिन्छ । निदाएको अभिनय गरेको मान्छेलाई ब्यूझाउन सकिन्न । उहाँहरुको नियत नै पार्टी विगार्ने र पार्टीबाट अलग हुन्छु भनिसके पछाडी केपी ओली कति पटक प्रचण्ड निवास धाउनुभयो ? कति पटक माधव नेपाललाई फकाउनु भयो ? ती सबै कुरा गर्दा पनि एमालेको एकता त सम्भव भएन–भएन माधन नेपालहरु सहित आफ्नो कुण्ठा केपी ओलीले लिएको हाइटबाट उहाँहरु आत्तिएर कुण्ठा बोमिट गर्न थाल्नु भयो । त्यसको कारण त केपी ओली होइन नी । त्यसको कारण भनेको ती विचारहरु हुन् । विचारको परिणाम स्वरुप सरकार विगठनको संघारमा पुगेको हो । तर, यसको अर्थ नेकपा एमालेलाई कुनै पनि घुनपुत्लो लागेको छैन । नेकपा एमाले अझै सशक्त भएर अगाडि बढेको छ । कारण नेकपाको निरन्तरताको क्रममा नेकपा एमाले छ ।
- अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष लामिछानेसँग क्यापिटल एफ.एम.को नियमित कार्यक्रम क्यापिटल फ्रन्टलाइनमा गरिएको कुराकानीमा आधारित ।